महर्षी वाल्मीकि द्वारा लेखिएको यो महान ग्रन्थको बारेमा लेख्ने साहस त टाढाको कुरा सुन्ने खालको समेत हाम्रो हिम्मत छैन । तर मैले यो कृतिलाइ संक्षेपिकरण गर्ने सानो सानो दुस्साहस गरेको छु । रामानन्द सागर द्वार निर्देशन गरिएको यो बृहत् काब्यलाइ आधार मानेर मैलेंं रामायण कथालाइ नेपाली सरल भाषामा संक्षेपिकरण गरेको छु । बोध प्राप्त गरिएका महान देव श्रीरामको लीला यो कथामा भेटिन्छ । रामको जन्म देखि शिक्षा लिएर पीताको बचनको लागि वनवास गएर रावण जस्तो दानवको अन्त्य गर्ने श्रीरामलाइ प्रणाम गर्न चाहन्छु । यो विराट कृतिको रचनाकार लगायत रामानन्द सागरको निर्देशनमा काम गर्ने सबै कलाकारलाइ मनै देखि प्रणाम गर्न चाहन्छु । भर्खरै रामायणले निकै पटक हेरिएको सेरिजको उपाधी पनि जितेको छ ।
कथामा सहजताको लागि श्रीरामलाई राम भनेर सम्बोधन गरेको छु । देव र दैत्यको सम्बोधनमा कतै कमिकमजोरी भएका छन् । त्यसको लागि क्षमा माग्दछु । सरलताको लागि - सहजताको लागि यो अध्ययन गर्न उचित हुन्छ - बृहत रुपमा अध्ययन गर्न अरु नै कुनै माध्यम उपयुक्त होला । कथामा लेखिएका तथ्यगत कुराहरु पूर्ण भर नपर्नूहोला किनकी यसमा पूर्णता छैन । )
- तर मलाइ यो लेखेकोमा आफैलाइ गर्व लागेको छ ।
Jay Shree Ram
-Gopal Subedi ( Gopi )
रामायण सुरु ।
रावणको अत्याचारले त्राही त्राही भएर सबै देवता किन्नर गन्धर्व पृथ्वी ब्रम्हा सहित भैं विष्णुको चरणमा सहायता माग्न गएका ।
महादेवको वरदान पाएको रावणले - कोहि बाट पनि मृत्यु हुन नसक्ने
सत्यको रक्षा गर्नको लागि महेश ब्रम्हा लगायत सबैले बिष्णुलाई अनुरोध
विष्णुले दशरथको घरमा जन्म लिने र मानवकै रुपले रावण मार्ने निश्चय
सुर्य उत्तरायण मा प्रवेश गरेको समयमा दशरथले कुल देव सुर्य देव संग सन्तान मागेका-
वशिष्ठ ले यज्ञ गर्नुपर्ने सुझाएका - त्यसैले अथर्ववेदका ज्ञाता ऋषि शृङ्गमुनीलाई बोलाउनु पर्ने
राजा दशरथले ऋषि शृङ्गमुनी बोलाउन गएका
यज्ञमा अग्नि उत्पन्न भएर एक कचौरा खिर दिएका - जसको सेवनले ईच्छा पूरा हुने
कौशिल्या र कैकेयीले आफ्नो आधा आधा भाग खिर सुमित्रालाई दिएका - त्यसैले सुमित्राका दुई भाग भएर दुई छोरा । कौशल्या र कैकेयीका एक एक पुत्र ।
विष्णुको जन्म हुने निश्चित भएपछी ब्रम्हाले इन्द्रलाइ रामरुपी विष्णुको सेवा गर्न देवतालाइ वानर रुपि भेषमा पृथ्वी लोकमा पठाउन आग्रह गरेका ।
चार कुमार का नाम गुरु वशिष्ठले जुराएका
कौशल्या नन्दन = राम
कैकेयी नन्दन = धर्म पुरुष भरत
सुमित्रा नन्दन = लक्ष्मण ( सबै लक्षणले युक्त ) - शत्रुघ्न ( शत्रु तह लगाउने )
राम लक्ष्मण र भरत शत्रुघ्न को जोडी चलिरहने बयान ।
----
राजा दशरथ लगायतका सबै परिवार खुसी - अत्यन्तै खुसी ।
---
ब्रतबन्ध समापन - भिख लिएर गुरु आश्रम गएका सबै ।
गुरुले सबैलाइ शिक्षा दिएका - सबै जवान भएका :
शरिरमा सात केन्द्र -
मुलाधार चक्र ( सबैभन्दा तल ):) कुन्डलिनी
स्वाधिष्ठान चक्र ( second )
मणिपुर चक्र ( third )
अनाहक चक्र ( fourth )
विशुद्ध चक्र ( fifth )
अज्न चक्र (श्वेत वर्ण और भृकुटियोके बिच ): बिज मन्त्र = ॐ
सहस्त्रार चक्र ( सातौं ) - पूर्ण समाधी
=
सबै जना आश्रमबाट फर्किएका
अयोध्यामा हर्षोल्लाह फैलिएको - धर्म स्थापनमा कार्य गर्नु भनी - गुरुले आचार्य रिनबाट मुक्त गरिदिएका ।
गुरुमाता अरुन्धतीले चारै राजकुमारको आश्रममा ख्याल राखेकी ।
सुमन्त्र मन्त्रीले चारै कुमार लाई अयोध्या लिएर आएका
अयोध्यामा बृहत् स्वागत - प्रगाढ स्नेह सबै आमा हरुमा सबै भाइहरुमा
-----
असुरहरुले ऋषि बिश्वामित्रको आश्रममा यज्ञ गर्न नदिएका - अवरोध गरेका
ऋषि दशरथसग सहयोग माग्न गएका - राजाले सहयोग गर्ने वचन दिएका -
ऋषि ले राम लैजाने भनेका - तर दशरथले नमानेका । पछि गुरु वशिष्ठ ले सम्झाएपछी माने र राम लक्ष्मण लाई बिश्वामित्र सग पठाएका ।
रामले ताडका राक्षसिनीको बध गरेका ! विश्वामित्रले रामलाइ दिब्याश्त्र दिएका । जनकल्याणका लागि प्रयोग गर्ने भनेर ।
-- महादेवका शुलवत नामक अस्त्र
-- ब्रम्हास्त्र
-- नारायणस्त्र
यज्ञ संचालनमा पहरेदार गरेका दुई भाइले ।
असुरहरुलाइ हराएका
विश्वामित्रलाइ निमन्त्रणा आएको सिताको स्वयम्बर समारोह मिथिलाबाट
राम लक्ष्मण सगैं गएका ।
राम लक्ष्मणलाइ कहानी सुनाएका ।
( गंगाको किनारमा बसेर गंगाको कहानी -Ikshvaku वंशमा राजा सगर थिए - सगरले अश्वमेध यज्ञ गर्दा- इन्द्र ईष्र्या गर्थे- यज्ञको घोडा चोरेका र पातालमा लगेका - कपिल आश्रममा छोडेका - सगर का छोराहरुले कपिल लाई अपमान गरेका - कपिलले सबैलाइ भस्म गराएका -
ती सबैलाइ मोक्ष गराउन गंगा पातालमा ल्याउनु पर्ने तर - सगर , त्यसपछी अंशुवान र दिलिपले पनि नसकेका
दिलिप पुत्र भगिरथले ठूलो तपस्या गरि गंगालाइ ल्याउन सफल भएका । गंगालाई महादेवले आफ्नो शीरबाट धर्तीमा खसाउनु भएको जस्को कारणले धर्तीले गंगाको वेग सहन गर्न सकेकि !
यसरी भगिरथले सबैको कल्याण गरेका
बाटोमा - रामले पत्थर लाई पाउले छोएर अहिल्यालाई मुक्त गरिदिएका ।
( कहानी : गौतम नुहाउन नदिकिनारमा गएका बेला इन्द्रले छलेर गौतम बनेर गएको र गौतम पत्नीको पतिब्रता नष्ट गरिदिएको । यो कुरा गौतमले थाहा पाएको र श्राप दिएको अहिल्या लाई )
श्रापको कारणले पत्थर बनेकी पछि रामले मुक्त गरेका ।
राम लक्ष्मण सहित बिश्वामित्र मिथिला पुगेका । राम दाजुभाइ लाई चिनारी गरिदिएका । रामको मिथिला भरी सुन्दरताको बयान । सिताको सुन्दरताको बयान - रामले पुष्पबाटिकामा सितालाइ देखेका - प्रेम गर्न लागेका ।
स्वयंबरमा जसले शिवको धनुस भाच्न सक्छ त्यसैले सीता सग बिबाह गर्ने नियम रहेको मिथिला नरेश जनकले बताउनु ।
मिथिलाका गुरु - सतानन्द ।
स्वयंबरमा सबै राजकुमार आएका । सबैले धनुष भाच्न सक्छु भनेर घमण्ड गरेका - कसैले नसकेका । सबै लाजले पानीपानी भएका । कसैले पनि धनुस भाच्न हल्लाउन नसक्नु ! जनक निराश हुनु सबै निराश हुनु ।
विश्वामित्रले रामलाइ अनुरोध गर्नु - रामले सहजै धनुस भाच्नु -

स्वयंवर पूर्ण हुनै लाग्दा ऋषि पर्शुराम आउनु । क्रोधी हुनु । धनुस भाचिएको आवाजले ध्यान भङ्ग हुनु । लक्ष्मण क्रुद्ध हुनु - रामले धैर्यता पूर्वक मनाउनु, पर्शुराम धन्य धन्य भनेर छुट्टिनु । परशुरामले रामलाइ आफ्नो धनुषबाट ( बिष्णुले पर्शुरामका पितामह रिचिक लाई दिएको ) बाण प्रहार गर्न दिएका । रामले उक्त बाण प्रहार गरेका । उक्त वाण ( पर्शुरामले आफ्ना गुरु कस्यपलाइ पुरै पृथ्वी दान दिएका कारण उ राती पृथ्वी मा बस्न नपाउने ) त्यसैले रामले पूर्व दिशामा वाण छोडेर सबै अहंकार तोडिदिएका पर्शुरामको ।
मिथिलामा रामको यशको गुणगान पठाउनु । जन्ती लिएर अयोध्या बासी मिथिला आउनु । सोही मुहुर्तमा लक्ष्मणको सिताकी बहिनी उर्मीला सग विवाह सम्पन्न गराउनु । सगैं भरत र मान्डवी , शत्रुघ्न र श्रुतकिर्ती (जनकका भाइ कुशध्वज सुपुत्री ) को साथ विवाह पन्चमीका दिन शुभ विवाह ।
जनकले पुत्री प्रेमले बिदाइ गर्न नसकेका - पछि बिदाइ गरेका । अयोध्यामा सबै फर्किएका ।
सबै खुसीमा ब्यतित रहेका
भरत र शत्रुघ्न मामा पुर्याउन कैकेयी राज्य गएका । राम र लक्ष्मण अयोध्यामा रहेका ।
विश्वामित्र पनि तपोवन फर्किएका ।
सोही समयमा दशरथलाई राज्य राम लाई दिन मन लागेको । सबैले स्विकार गरेका । नगर भरी हर्ष उल्लास भएको । सबै खुसी भएका ।
रानीहरु सबै खुसी भएका । रामले धेरै पछि राज्य अभिषेक गर्न मन्जुर लिएका । त्यही समयमा रानी कैकेयीकी सुसारे मन्थराले कैकेयीको मनमा विष घोल्न सुरु गरेकी । राजा राम बनेपछी - भरत र कैकेयी दासी हुनुपर्छ भन्ने भ्रममा पारेर राज्य भरतलाइ मिल्नुपर्ने गरि आफ्ना दुई बरदानहरु मागेकी ।
देव असुरको लडाइमा रानी कैकेयी दशरथकि सारथि थिइन । दैत्यको प्रहार लागेर अचेत भएको अवस्थामा कैकेयीले बचाउदा - राजा खुसी भएर दुई बरदान माग्नु भनेका थिए - रानीले समय आएपछी माग्छु भनेकी थिइन् ।
पछि रामलाइ राज्याभिषेक गराउने एक रातमा मन्थरा सहित कैकेयीले योजना बनाउछन् । भरत नभएको मौकामा राजा दशरथ संग दुई बरदान मन्थराले बताए बमोजिम मागिन ।
१ . रामको सट्टा भरतलाइ राज्य
२. रामलाइ १४ वर्ष वनवास
रानीको कुरा मानौं - रामलाइ राज्य दिने भनेको कुरा नपुग्ने - रानीको कुरा नटेरौँ त बचनमा हारिनुपर्ने ।
धर्म र बचनको यो संकटबाट मुक्ती दिनको लागि रामले बनबास जाने निर्णय गरे - सबैलाइ सम्झाएँ । माता सीता र लक्ष्मण पनि राम सगै जाने निर्णय गरेँ । दरबारमा सबै निराश भएँ - दशरथको र कैकेयीको कुरा काट्न लागे । रामसगै बनबास जान निकै अयोध्याबासी पछिपछी लागे ।
बिहानै थाहा नदिइकन राम लक्ष्मण सीता र सुमन्त मन्त्री सगै चित्रकुट पर्वत तर्फ लागे ।
बाटोमा निसाधका राजा गुह ( रामका साथी ) ले बाटोमा स्वागत सत्कार गरे । बाटोमा निकैले भरतको कुरा काटिरहेका थिए । एक रात गुहकामा बाँस बसेर आफ्नो मार्गमा अघि बढे । रामको टोली ।
गंगा ( वैश्णवी ) नदि पार गर्नको लागि एउटा माझिले सहयोग गर्छ ।
त्यसपछी राम समुहले गुरु भारद्वाज लाई भेट्छन् सल्लाह लिन्छन् र आफ्नो बाटो लाग्छन् । गुह सगै सबै चित्रकुट तर्फ लाग्छन् -
बाटोमा गुहले यमुना पार गर्न सहयोग गर्छन् । भरतलाइ सिमा रक्षा गर्न सघाउनु भन्ने आदेश दिन्छन् । गुह फर्कदा सुमन्त अयोध्या फर्कन मानिरहेका हुदैनन् ।
बाटोमा भेटिएका जनताले रामलाइ वाल्मीकिको आश्रममा पुर्याउछन् - चित्रकुटको मन्दाकिनी नदिको किनारमा कुटी बनाउन सल्लाह दिन्छन् । राम समुहले कुटी निर्माण गर्छन् र बस्न थाल्छन् ।
---
उता राजा बिरामी पर्छन । आफ्नो भुलको पस्चाताप गर्छन् ।
( राजाको श्राप )
सिकार खेल्ने क्रममा शब्दभेदी बाण प्रहार गर्दा - श्रवण कुमार लाई लाग्छ - मर्छन । पानी पिलाउन जादा श्रवणकुमारका आमा खवर सुनेर मर्छिन - अन्धा पिताले दशरथलाई पुत्र वियोगमा तड्पी तड्पी मर्नु परोस भन्ने श्राप दिएर मर्छन् ।
श्रवणका अन्धापिताको श्राप जसरी नै रामको वियोगमा पिता दशरथको देहान्त हुन्छ । भरतलाइ बोलाउन पठाउछन् - भरत आउछन् - सबैले फरक व्यवहार गर्छन् । प्रजाले पनि मान गर्दैनन् । जब आफ्नै आमाको मुखबाट सबै कुरा सुन्छन् र पिताको मृत्युको खबरले स्तब्ध हुन्छन् ।
पिताको दाहसंस्कार गर्छन् - त्यसपछी रामलाइ भेटेर फर्काउने निधो गरेर सबै गुरु , आमा , राज्य र मन्त्री सहित वन तिर प्रस्थान गर्छन् ।
भरतले यति धेरै रामलाइ इज्जत र सेवा गर्छन् त्यो यो शब्दमा लेख्न असम्भव छ ।
राम र भरतको भेट हुन्छ । पिताको देहावसानको बारेमा थाहा हुन्छ । राम र भाइले र सिताले मन्दाकिनीको नदिमा आफ्नो कर्म गर्छन ।
रामको पिताको वचन पूरा गर्ने मनसाय र भरतको राम लाई राजा बनाउने प्रेमको संग्रामले कथालाइ छुट्टै मोड दिएको छ । यहाँ प्रेमको संग्राम भएको बताइन्छ । भरतले रामलाइ नै राजा बनाउने भनेर ढिपी गर्छन् । मिथिला नरेशले सबैलाइ सम्झाउछन र अन्त्यमा भरतले १४ राज्य गर्ने । रामको राज्य हुने । १४ बर्ष पछि फर्केर आउने निर्णय गर्छन् ।
रामका पैताला का चप्पललाइ राज सिंहासनमा बसाउने र आफू निमित्त भएर राज गर्ने भनेर भरत को टोली अयोध्या फर्कन्छ । भरतको यो स्नेहको सम्मानको मुक्तकण्ठले प्रशंसा गरिएको छ ।
भरतले भनेअनुसार नै गर्छन् । आफ्ना दाजु भाउजू बनमा साधु जीवन बिताएका बेला म पनि राजसी सेवा भोग गर्दिन भनेर भरतले शत्रुघन लाई दरबारको ख्याल राख्नु भनी उनी नन्दिग्राम कुटीमा खाल्डोमा बसाइ सर्छन्।
कैकेयी भरत सगै बस्छु भनेर जादाँ महारानी भनेर भरतले सम्बोधन गर्छन् र आफै सग बस्न मनाही गर्छन् । भरतको धर्मको यो अवतारले उनको कद उचो पारिएको छ । मान्डवी लाई पनि माता कौशल्याको हेरचाह गर्न दरबार मा नै बस्न अनुरोध गर्छन् ।
राम आफ्नो मार्गमा हिड्ने क्रममा ऋषि अत्री र अनुसुइया को आश्रममा पुग्छन् । त्यहा उनको स्वागत हुन्छ । अनुसुइयाको महिमा रामले सुनाउछन् । सितालाइ अनुसुइयाले गहना दिन्छिन । ( महसती अनुसुइयाले १० वर्ष वर्षा नहुदा आफ्नो तपोबलले गंगाको एक धारा उक्त स्थानमा ल्याएकी थिइन् - र मन्दाकिनीको नामले प्रसिद्ध छ । बसाइमा सितालाइ पतिप्रेमको बारेमा निकै गुणगान सुनाउछिन्
त्यसपछी ऋषि अत्रीको सल्लाह अनुसार रामको समूह गुरु सरभङ्गको आश्रम तर्फ अघि Dhandak वन तर्फ बढ्छन् । अत्री गुरुको अनुसार बिराध राक्षसको सामना हुन्छ । राम लक्ष्मणले एक एक भुजा काटेर उक्त नरभक्षी राक्षसको अन्त्य गर्छन् ।
मार्गमा इन्द्रले सरभङ्गलाइ - स्वर्ग जान अनुरोध गर्छन तर राम आउने कारणले म स्वर्ग जान सक्दिन भन्छन् । रामलाइ भेटेपछी उनको मनोकामना पूरा हुन्छ त्यसपछी उनी परलोक प्रस्थान गर्छन् ।
----------
आफ्नो मार्गमा अघि बढ्ने क्रममा रामले मुनीहरु सग आशीर्वाद लिदै अघि बड्छन् । बाटोमा एक मुनिहरुको जमात भेट्छन् र मुनिहरु आलाप बिलाप गर्छन् । मुनिहरुले हड्डीहरु लाई देखाउदै यी मुनिहरुका सेवा गर्ने अठोट लिएका ऋषिहरुको दानवले पारेको दुर्गती बताउछन् । रामले सोही समय धाडका वनलाइ असुर रहित वन बनाउछु भनेर लक्ष्मणसहित प्रण लिन्छन् ।
सोहिअनुसार सबै दैत्यको नास गर्दै अघि बढ्छन् ।
अयोध्यामा रामको प्रतीक्षामा माता कौशल्या पलपल गन्दै बसिरहेकी छिन् ।
वनमा राम लक्ष्मणले निकै समय ब्यतित गरिसकेका छन् । 10 बर्ष लगभग ब्यतित गरिसकेका छन् ।
तपोवन मा निकै मुनीहरु सग ज्ञान आर्जन गर्दै समय ब्यतित गर्छन् राम लक्ष्मणले । यस्तै गर्दै राम मुनि सुतिक्ष्णको आश्रममा पुग्छन् ।
मुनि सतिक्ष्णले आफ्ना गुरु अगस्त्यलाइ भेटाउछन् । अगस्त्य गुरुको आश्रमा ॐ ध्वनीले गुन्जयमान हुन्छ। ज्वाज्वल्वीत हुन्छ । रामले सुनाएको कहानी ( अगस्त्यले देवलाइ सहयोग गर्न सातै समुन्द्र आफ्नो अन्जुलीमा भरेर पिएका थिए ।) समुन्द्रमा दैत्य लुकेका र पानी हटाउन देवताले अगस्त्य मुनिलाइ आग्रह गर्दा उनले यसो गरेका थिए ।
त्यस्तै एकपटक बिन्ध्या पर्वतले सुर्यको बाटो छेक्न खोज्दा अगस्त्यले आफ्नो पाउले उक्त पर्वत कुल्चेर अहंकारलाइ दबाएका थिए
पर्वतलाइ स्तम्भ गराएको कारणले अगस्त्य भनिएको हो ।
भगवान शिवको विवाह हेर्न सबै जीव जिवात्मा उत्तर तर्फ जादा - बिन्ध्या पहाडको दक्षिण पट्टि गएर अगस्त्य मुनीले आफ्नो बलले पृथ्वीको सन्तुलन राखेका थिए !
सम्पूर्ण उत्तर भागको तपोवल र दक्षिणको तपोबलको तुलना गर्दा दक्षिणी तपोबल बढी हुन्छ । त्यससगै शंकरले अगस्त्यलाइ तमिल भाषाको शिक्षा दिएका थिए ।
अगस्त्यले नै ब्रम्हलोकबाट काबेरी नदी कमन्डलुमा भरेर ल्याएका थिए ।
मुनि अगस्त्य सग बातचित गरेर राम दन्डक बनलाइ असुर रहित बनाउने उदेश्यले आफ्नो मार्ग बताइदिन भन्छ्न् - त्यसपछि मुनि अगस्त्यले पन्चवटी ( गोदावरीको किनारमा ) रहेको स्थान बताउछन् ।
रामको बाटोमा निकै बाधा रहेको गुरु अगस्त्यले बताउछन् र आफ्ना अस्त्र दिन्छन् । बिश्वकर्मा ले बिष्णुका लागि बनाएको धनुस रामलाइ दिन्छन् ।वाण राख्ने टोकरी( इन्द्रले दिएको ) जसमा 4 बाणहरु शत्रु परास्त गरेर बिलिन हुनेछन् र टोकरीमा पुन फर्कनेछन्। ती टोकरीमा वाण कहिल्यै समाप्त हुदैनन् । एउटा दिब्य खड्ग पनि दिन्छन् मुनीले । त्रीपुरासुर अन्त्य गरेको वाण पनि दिन्छन् ।
बाटोमा राम सिताले अनौठो पन्छी देख्छन् । लक्ष्मणले प्रहार गर्न खोज्छन् तर रामले रोक्छन् । उनको समिपमा गएर रामले परिचय भन्छन् र सोध्छन् ।
उक्त पन्छिले दशरथ मेरो मित्र भएको कहानी सुनाउछ्न् । कश्यप ऋषिका गरुड र अरुन मध्य । गरुड बिष्णुको सेवामा बाहन भएर र अरुन सुर्यको सेवामा लिन भए। त्यही अरुनको पुत्र जटायु हुँ , भने । मेरो दाजु "सम्पती" गिद्धको राजा हो । उनले पन्चवटीमा राम सिताको रक्षा गर्ने बचन दिन्छन् ।
( १२ वर्ष बितिसक्यो )
उता रामको बाटो पर्खिएर आमाहरु चिन्तित छन् ।
पन्चवटीमा आश्रममा ध्यानमा बस्दा - गगनमा सैर गरिरहेकी एक नारीले रामको तेजीलो शरिरमा आशक्त भएर आफ्नो रुप छोडेर सुन्दर स्त्री बनिन् र रामलाइ परिचय बताउन लागिन् । सुर्पनखा : जो रावणकी बहिनी थिइन् ।
रावण - ऋषि पुलस्त्य का छोरा भिस्रवका छोरा लंकापती रावणकी बहिनी हुँ ! खर र दुषण मेरा भाइ हुन् - कुबेर मेरो भाइ हो - भनिन् ।
रामलाइ प्रेम प्रस्ताब राखिन् सफल हुन सकेन - लक्ष्मणलाइ प्रस्ताब राखिन् - सफल भएन र आफ्नै रुपमा आएर देवी सितालाइ खान खोज्दा लक्ष्मणले सुपर्नखाको नाक काटिदिन्छन् ।
--
सुपर्णखा खर दुषण समक्ष गएर कुरा बढाइ चढाइ सुनाउछिन् । खरले कलभट्टलाइ , राम दाजुभाइ लाई तहसनहस गरेर मेरो लागि सीता ल्याउनु भनेर भन्छन्
१४ सेना लिएर कालभट्ट रामलाइ अधिनमा लिन जान्छ । रामले एकै वाण सन्धान गरेर सबैका शिरहरु एक अर्काबाट बिचलन गराइदिन्छन् । यी सगैँ गएकी सुर्पनखा त्रसित हुन्छिन र भाग्छिन् ।
त्यसपछी आफ्ना सेनाको जमात लिएर खर र दुषण रामको कुटिमा पुग्छन् । राम एक्लैले सबै असुरहरु लाई मोहिनी अस्त्रको प्रयोग गरेर मार्छन । र खर र दुषणललाइ पनि आफ्ना मेधावी अस्त्र प्रयोग गरेर मार्छन।
---
खर र दुषणको हत्या गरिसके पछि बिचलित भएर सुर्पनखा रावणको सभामा गएर हार गुहार गर्छिन् । रावणलाई सिताको रुपको बयान गरेर आफ्नो स्वार्थको लागि रावण बिरुद्ध उक्साउछिन! रावणका कान्छो भाइ विभिषण रावणलाइ संयमित रहन र राम लाई आक्रमण नगर्न सुझाब दिइरहन्छन् भने रावणको पुत्र इन्द्रजित राम दाजुभाइलाई तहसनहस पार्ने कुरामा उत्तेजीत हुन्छ ।
लंकेश रानी मन्दोदरी पनि आफ्नी पतिलाइ रामको बिरुद्धमा नजान सम्झाइरहन्छिन । उसले सुर्पनखाको भावनामा बहेर रामलाइ प्रतिकार गर्ने प्रण लिन्छ । विभिन्न भारदारहरुको सल्लाह बमोजिम उसले रामकी पत्नी सितालाइ हरण गर्ने र लंकेशको दरबारमा राख्न राजी हुन्छ ।
मायाजाल बिद्यामा निपुण आफ्नो मामा मारिच सग सल्लाह माग्छ रावणले । मारिचले रामको महिमा गाउदै उनका विरुद्ध कुनै माया नचल्ने बताएपछी रावणले मार्ने धम्की दिन्छ । रावणको हातबाट मरेर कलंकित हुनु भन्दा - रामको हातबाट मरेर कृपा कमाउन राम्रो ठानेर , मरिचले रावणले भने बमोजिम सुन्दर मृगको रुप लिन्छ ।
उक्त सुन्दर मृगलाई देखेर सितालाइ मोह उत्पन्न हुन्छ । र आफ्ना राम र देवरलाइ मृग समातेर ल्याउन आग्रह गर्छिन र त्यो मृग भरतलाइ दिन मन छ भन्छिन।
लक्ष्मणलाइ सिताको ख्याल राख्न भनेर राम उक्त हरिणको खोजिमा निस्किन्छन् । निकै लखेट्दा पनि उक्त मृगलाई समात्न सक्दैनन् । निकै समय सम्म रामले लखेटेपछी उक्त मृगलाइ प्रहार गर्छन् र उक्त मारिचरुपी मृग पिडामा छटपटाउछ , र हे लक्ष्मण हे सीता भन्दै कराउछ । उक्त भ्रान्तिको आवाजलाइ सिताले रामको आवाज हो , राम संकटमा छन् तिमी जाउ भन्दा - भाइले यो रामको आवाज होइन - यो मायावी आवाज हो भन्दा - सिताले भावनामा बगेर लक्ष्मणलाइ हेयभावले भन्छिन् । म आफैँ रामलाइ रक्षा गर्छु भनेर हिड्न खोज्छिन् ।
त्यसपछी रामको आज्ञा उल्लंघन गर्दै भाइ रामको रक्षा गर्न निस्कन लाग्दा - आफ्नो वाणमा गुरुको मंत्र प्रयोग गरेर लक्ष्मण रेखा कोर्छन् । उक्त रेखा नाघेर कोहि पनि भित्र प्रवेश गर्छ भने उ जलेर मर्छ ।
सितालाइ यश घेरा बाट बाहिर ननिस्किन आग्रह गर्दै भाइ रामको खोजिमा निस्किन्छन् ।
यसै मौका छोपेर रावण आफ्नो भेष धरेर साधुको भेष गरेर सीतालाई लक्ष्मण रेखा काट्न बाध्य गराउदै उसले आफ्नै भेष गरेर हरण गर्छ । उसले पुस्पक विमान प्रयोग गरेर हरेर लान्छ ।
पुस्पक बिमानमा उडाएर लैजादै गर्दा अरुण पुत्र जटायुले देख्छ । र सितालाइ रावणबाट छुटाउनका लागि घोर संग्राम गर्छ । जित्नै लागेको हुन्छ जटायु ले । अन्तिममा तरबार प्रहार गरेर रावणले जटायुलाइ मारिदिन्छ । रावणले सीता हरेर लान्छ । सिताले महासतिले अनुसुइयाले दिएका गहना फ्याकिदिन्छिन् र वनवासी हरुलाइ राम लक्ष्यमणलाइ खबर गरिदिन आग्रह गर्छिन् ।
यता रामका दाजुभाइ हरपल सीता खोजिरहन्छन् - भेट्दैनन् सबै आकुल ब्याकुल हुन्छन् ।रातभरी खोजेर नभेटेपछी बिहानिपख खोज्दै जादा पखेटा काटिएर पिडाको उच्च छटपटाहटमा मृत्युलाइ रोकेर ब्याकुल भैरहेको जटायुलाई देख्छन् । उनलाइ काखमा लिएपछी जटायुले बृतान्त बताउछन् । त्यसपछी जटायुले रामको काखमा प्राण गुमाउछन् । जटायुको हत्याको बदला र सीता हरणको बदला पूरा गर्न राम जसरी पनि रावणको अत्याचार अन्त्य गर्ने प्रण लिन्छन् र त्यसपछि जटायुको दाहसंस्कार गर्छन् ।
जटायुले त यो मात्र बताए कि रावणले सितालाइ दक्षिणी आकाशमा उडाएर लग्यो तर कुन ठाउँ लग्यो भन्नै सकेनन् ।
उता रावणले अशोक बाटिकाको एउटा वृक्षको फेदमा सितालाइ राखेको थियो । सीता रावणका हरेर उपहार हरु त्याग्दै खाना समेत नकारिरहेकी थिइन् ।
थर्काउदै धम्काउदै रावण कहिले लंकेशकी महारानी बन्ने आशा देखाउदै हात लगाउन खोजिरहेको थियो । यतिकैमा आकाश वाणी हुन्छ र रावणलाइ श्राप पर्छ " यदी कुनै स्त्रीलाइ बिना मन्जुर छोइन भने मात्र तँ भस्म हुनेछस् । " यसै श्रापदेखि डराएर रावण पर हट्छ । सीता माताको राम प्रतिको अगाध स्नेह , र पतिब्रता सम्मानले रावणमा डर पैदा हुन्छ र सगैँ अहंकार उत्पन्न हुन्छ ।
राक्षसी मुलकी त्रिजटा नामकी एक सुसारेले सितालाइ लंकामा सहयोग गर्छिन् - मन्दोदरीले पनि यथासक्य सहयोग गर्छिन । सीता, राम आउने र रावणलाइ जितेर लैजान्छन् भन्ने भावमा लंकामा एक बन्दी जीवन बिताउन विवश हुन्छिन् ।
उता दन्डक बनमा राम र लक्ष्मण घुम्दै घुम्दै भौतारी रहन्छन् । खोज्दै जाने क्रममा राम र लक्ष्मणलाइ कबन्ध राक्षसले आफ्ना बाहु लम्बाएर समात्न खोज्छ । अगस्त्य मुनिले दिएको तरबारले उक्त कबन्ध राक्षसमा बाहु टुक्रा टुक्रा पारेर काटिदिन्छन् । उक्त राक्षसले विनय भावमा मेरा हात काट्ने त केवल राम लक्ष्मण मात्र हुनुपर्छ भनेर उसले सोध्छ । यदि तपाईं हरु राम दाजु भाइ हो भने म सीताको बारेमा एउटा महत्वपूर्ण सुचना दिन्छु भन्छ ।
स्थुलशिरा नामक ऋषिले एक दनु नाम गरेको सुन्दर गन्धर्वलाइ उसको नकारात्मक कामको कारण कंबन्ध भएर राक्षस भएर जीवन ब्यतित गराउनु परोस् भन्ने श्राप दिएका थिए । यदि रामले कबंधलाइ खाल्डोमा पुरेर जलाएपछी मात्र उसले ज्ञान दिन सक्छ । त्यसपछी रामले सोही अनुसार कार्य गरेका । उसले रावणले सीता लाई दक्षिण तर्फ लगेको र रावणको पुरै बृतान्त बतायो । पुलस्त्यका छोरा भार्बभको छोरा लंकेश रावणको बारेमा निस्चित दिशा देखाइ पठाए र पर सवरी भन्ने तपस्विनी भेटिन्छ । उनले सुग्रीव सम्म पुग्ने बाटो देखाउछिन् भन्ने सुराक पाए ।
त्यसपछी राम सवरीको कुटीमा पुगे । सवरीले रामको बाटोमा पुष्पले पुजा गरिन् आफ्ना भक्तियुक्त आशुले रामका चरण पखालिन् । आफूले बर्षदेखी रामको लागि जम्मा गरेका बयरहरु रामलाइ प्रेमपूर्ण अर्पण गरिन् ।
रामले श्रद्धापूर्वक भोजन गरे तर लक्ष्मणले तुच्छ सम्झदै खान स्विकार गरेनन् ।
मतंग ऋषिले बताए झैँ राम सवरीको झुपडीमा आएर जुठा बयर खाएर सबरीलाइ परम महिमा गाथा सुनाएर परलोक पुर्याउनु भो ।
सवरीले बाटो बताइन - दक्षिणी दिशामा पम्पा तलाउ छ । तलाउ छेउमा दुई पर्वत छन् उक्त पर्वतमा वानर राजा सुग्रीव बस्छन् र त्यही हनुमान पनि बस्छन् भनेर ।
राम त्यसपछी सुग्रीवको राज्य तिर लाग्छन् ।
बाटो एकदमै भयंकर हुन्छ - निकै समय हिडिसक्दा पनि बाटो भेटिन्न । उता अंगद राज्यमा दुई सन्त , गुप्तचर आएको आशंका हुन्छ । अंगद राज र उनका चार मन्त्री - नल नील - हनुमान - जामवंत ( भालु ) जम्मा पाचँ जना र अरु सेना बस्थे ।
अंगद राज्यले हनुमानलाई गुप्तचर ब्राह्मण बनाएर पठाउछन्- संस्कृत ज्ञाता भएर राम दाजुभाइ का नजिकमा गएर अनुसन्धान गर्छन् । सुग्रीव भेट्न आएका भन्ने बुझेपछी हनुमानले दुई दाजु भाइलाइ काधमा बोकेर माथी पर्वतमा पुर्याउछन् ।
माथी सुग्रीवले स्वागत गर्छन - मित्र बन्छन् र बालीलाइ मारेर किस्कन्ध राज्य दिलाउने वचन दिन्छन् ।
कहानी सुग्रीवबाट :
बाली र सुग्रीव दाजु भाइ : राजा बाली युवराज सुग्रीव ,
बाली किस्कन्ध राज्यको राजा हुदा मायावी राक्षस सग स्त्रीको लागी लडाइ - "मायावी" माया राक्षसनीको छोरा र धुन्धुवीको भाइ ,
मायावीले किस्कन्ध द्वारमा आएर लडाइ लड्न खोजेको , बाली र सुग्रीव ले लखेटेका , राक्षस गुफा मा पसेको - राक्षस मार्न बाली पसेको , भाइलाइ द्वारमा पहरेदार राखेको - एक वर्ष सम्म नफर्किएको , पछि गुफाबाट आवाज र रगत निस्केको , सुग्रीवलाइ दाजु मरे भन्ने लागेको , राक्षसले आक्रमण नगरोस भनेर गुफाको मुखमा ठूलो ढुङ्गाले थुनेको ,
किस्कन्धा राज्य फर्केको - मन्त्रीमन्डलले राजा बनाएको ।
तर बाली नमरेको - राक्षस मरेको - बाली फर्केर भाइलाइ कुटेको , मार्ने आदेश देको - जति बिन्ती गर्दा पनि नमानेको - सुग्रीवकी पत्नी रुमालाई आफ्नै लागि राखेको - भाइका हितैसीलाइ कैद गरेको
सुग्रीव भागेर उक्त पर्वतमा पुगेको - उक्त ऋष्ययुक पर्वतमा बाली पुग्न नसक्ने श्राप मतंग ऋषिले दिएका ( कारण : धुन्धुवी(केटो ) लाइ मारेर फ्याक्दा खेरी मतंद ऋषिको आश्रममा रगत पुगेको - ध्यान दिएर हेर्दा बालीले मारेको हुनु - अनि मेरो आश्रम भएको स्थानमा आए जलेर भस्म हुने श्राप दिनु )
त्यसै कारणले सुग्रीव बाचेको - गुप्तचर पठाइरहने ।
---
बालीकी श्रीमती तारा र छोरा अंगद सहित किस्कन्ध राज्यमा राज गरिरहेका । बाली लाई मार्ने र किस्किन्धा राज्य सुग्रीवलाइ दिने भएपछी सुग्रीवले बालिको बल रामलाइ बताउछन् ।
(अनिल)आगो पानी पृथ्वी हावा( अनल ) को सबै शक्ति उस्को शरिरमा छ । समुन्द्र मंन्थनको बेला एक्लैले मन्दराचल पर्वत उचालेको थियो । उसग बरदान यस्तो छ कि जो उसग युद्ध गर्न जान्छ त्यसैको आधा बल बालीलाइ जानेछ । सुर्योदयभन्दा पहिले उ पश्चिम समुन्द्र देखी पूर्व समुन्द्र सम्म - दक्षिण सागर देखि उत्तर सागर सम्म घुमिसक्छ । उसलाइ थकान हुदैन । आठै दिशाको अन्तसम्म पुगेर उ पुजा गर्छ ।
बाली र धुन्धुवीको युद्ध ( भैंसी रुपको राक्षस )
धुन्धुवीले सागरलाइ युद्ध र चुनौती दिएको - सागरले तिम्रो बराबरको उत्तरतर्फ हिमवान पर्वत छ उसग लड भनेर पठाको - हिमवानले सक्दिन भनेर दक्षिणतर्फ बाली सग लड्न पठाको - बालीले मारेको र घुमाएर फ्याकेको - हड्डिले चट्टान बनेको, palm tree नरिवल ) सात ओटा बनेका ।
रामले सबै नरिवलका रुख एकै बाणले लडाउछन् - धुन्धुवीको अस्थिपन्जर पनि एकै प्रहारले फ्याकिदिन्छन् ।
सुग्रीव र बालीको लडाइ हुन्छ । रामले लुकेर वाण हान्न खोज्छन् तर दुबै जना एउटै किसिमका भएका कारण चिन्दैनन् - अनि अर्को युद्धमा सुग्रीवले फूलको माला लगाउछ्न् । अनि बाली लाई चिनेर रामले एक वाणले भुइमा गिराउछन् ।
राम र बालीको बार्तालापमा - पहिला बालिले रामलाइ निन्दा गर्छ - रामले मर्यादापूर्वक आफ्नो कारण र राजा भएर दण्ड दिएको भनेपछी बाली रामको चरणमा गिर्छ ।
रामले बालिलाइ बचाइ दिन्छु भन्दा बाली ले बाच्न खोज्दैन । " जीवन त लाखौँ पाइन्छ तर रामको हातबाट यस्तो अपूर्व मरण पाइदैन भनेर उ मर्न चाहन्छ " । त्यसपछी राजा सुग्रीव हुन्छन् । रामले मुकुट लगाइदिन्छन् ।
-----
रामले सुग्रीवलाइ सिकाएका - चार महिना सीता खोज्न वानर प्रयोग नगरिने ( वर्षा भएकाले ).
सीता आफ्नो तरिकाले त्रसित हुँदै जीवनयापन गर्दै -
राजा सुग्रीव भोजबिलासमा ब्यस्त भएका - राम दाजु भाइलाइ चिन्ता ।
लक्ष्मण लाई किस्किन्धा पठाएका -
खबर बुझेका - सुग्रीव राज्यले काम गर्दै गरेको
सुग्रीवले सबैलाइ चारै दिशामा सीता खोज्न पठाएका
हनुमान र अंगद ( बाली पुत्र ) दक्षिण तर्फ गएका ।
सीता भेटेपछी औँठी दिनु भनेर अह्राएका - औँठी लिएर हनुमान खोज्न हिडेका
जाम्बवंत हनुमान नल नील लगायतका निकै वानर सेना सहित युवराज अंगदको नेतृत्वमा यात्रा दक्षिणतर्फ लाग्छन् । बाटो भट्किएर एउटा गुफामा पुग्छन् । जहाँ एक जना तपस्वीनी ( स्वयंप्रभा ) हुन्छिन् । ( कहानी : मय दानव हेमा नामक स्त्री सग आसक्त हुदा इन्द्रले बज्र प्रहार गरेर मारेका र उक्त स्थान हेमा लाई दिएको )
उनले वानर लाई खाना र पानी खान दिन्छिन् र महासागर सम्मको बाटो निकालिदिन्छिन् । सितालाइ नभेटेर हार मानेका वानर टोली सागरको किनारमा ज्यान छोड्ने कसम खान्छन् । नजिकैको पहाडमा एउटा गिद्ध सग बातचित हुन्छ । जटायु नामको उच्चारण सुनेर उक्त गिद्धले सबै कहानी सोध्छ - सबै कहानी सुनिसकेपछी थाहा हुन्छ कि उक्त गिद्ध - जटायुको दाइ हुन्छ - सम्पाती ।

( कहानी : सम्पाती र जटायु आफ्नो बलको घमण्डले सुर्य छोएर आउने भनी सुर्यको नजिक जान खोज्छन् । अधिक तेजको कारणले उसको पखेटा जल्छन् र उक्त पहाडमा खस्छन् तर जटायुलाइ भने आफ्ना पखेटाले जोगाएर हुत्याइदिन्छन् )
सम्पातीले आफ्नो भाइको क्रीया गर्छ। सम्पातीले नै सीता लाई दक्षिण तर्फ लगेको छ भनेर भन्दिन्छ र गिद्धका आखाले हेर्दा 400 कोस पर एउटा सुनको नगरी छ । त्यहा सितालाइ रावणले बृक्षको फेदमा राखेको छ भनेर भनिदिन्छ ।
उक्त समुन्द्र पार गरेर जाने हिम्मत कसैको हुदैन । तैपनी अंगदले जान त सक्छु फर्किन सक्दिन भन्ने बक्तव्य दिएपछी जाम्बबंतले हनुमानको श्राप सुनाइदिन्छन्।
पवनपुत्र हनुमान सानामा आफ्नो बलको कारणले सबै तपस्वीहरुलाइ दुख दिने गर्दथे - त्यसै क्रममा एउटा ऋषिले दिएको श्राप अनुसार हनुमानले आफ्नो सबै ज्ञान भुलेका थिए । तर आवश्यक परेको खण्डमा कसैले याद गराइदिएमा याद हुने थियो । त्यसपछी हनुमान आफ्नो ज्ञानको भारी बोकेर लंका तर्फ प्रस्थान गर्छन ।
लंकाको अशोक वाटिकको एउटा वृक्षको फेदमा बसेकी सीता भेट्छन् हनुमानले । रुखमा लुकेर हनुमानले रावणको अत्याचार देख्छन् । रावणले मर्जीले मलाइ प्रेम नगरुन्जेल म तँलाइ छुन्न भन्छ । सिताको वचन खप्न नसकेर चन्द्रहास खड्ग उचालेर हान्न लाग्दा सिताले घासको टुक्रो जलेर भस्म हुने डर देखाउछिन् । सिताको पतिब्रताको प्रभावले रावण पत्नी मन्दोदरीले रावणलाइ रोक्छिन् ।
उता हनुमानले रामले पठाएको औठी दिएपछी हनुमान लाई श्रीरामको दुत भनेर चिन्छिन् । हनुमान भोक लागेको र रावणको सेनाको बल जाच्न अशोक वाटिकाको वृक्ष मास्न लाग्छन् । वाटिकाका सेनाले आक्रमण गर्छन् र हनुमानले सबै सैनिकलाइ परास्त गर्छन । एउटा बानरको उपद्रवको राज समक्ष पेश हुन्छ । रावणले छोरो अक्षय कुमारलाइ बानरको बिरुद्धमा लडाइ लड्न पठाउछ तर हनुमानले उक्त अक्षयकुमारको हत्या गर्दिन्छन् ।
अक्षय कुमारको हत्यापछी इन्द्रजित आफ्नो भाइको बदला लिन बाटिकामा आएर युद्ध गर्न लाग्छ- निकै अस्त्रले केही गर्न सक्दैन त्यसपछी ब्रम्हास्त्र छोड्छ - हनुमानले ब्रम्हास्त्र चिनेर आफैँ बाधिएर रावण समक्ष उपस्थित हुन्छन् ।
रावण र रामको बातचित घमासान हुन्छ । जिब्रो काट्ने आदेशलाइ रोकेर सबै बृतान्त ( रामको दुत भन्ने सुनाउछन् ) , अनि दुतलाइ मार्ने नियम छैन भनेर विभिषणको अनुरोधमा हनुमान ( बानरको )पुच्छर जलाउने आदेश प्राप्त हुन्छ !
जति तेलको पोछा पुच्छर मा बाध्न लाग्यो त्यति पुच्छर लामो हुन्छ । त्यसपछी पुच्छरमा आगो लाग्ने बित्तिकै उनी हावामा उड्छन र सबै लंकालाई दहन गर्छन। विभिषणको घर बाहेक सबै सबै जल्छ । पछि रावणले विश्वकर्माको अनुरोधमा सबै बनाउने आज्ञा दिन्छ।
त्यसपछी सितासग चिनो लिएर उनी रामको लागि प्रस्थान गर्छन् । ( इन्द्रको छोरा जयन्त - कागको रुप लिएर सितालाइ खुट्टामा ठुंदा र दुख दिदा रामले कुशको सिन्का फुकेर वाण छोडेर उक्त कागको एउटा आखो फुटाएका हुन्छन् र यो कहानी राम सितालाइ मात्र थाहा हुन्छ ) यो विवरणले सीता भेटेको पक्का हुन्छ ।
हनुमान फर्किएर रामलाइ भेट्छन सीता भेटेको खबर सुनाउछ्न् - चिनो दिन्छन् सुनाउछन् । रामले निकै पीर प्रकट गर्छन् । सुग्रीवले सबै वानर र सेनालाइ अनुमती दिन्छन । राम आफैले सेनापती भएको बताउछन । निलले अगाडि सेनालाइ बाटो देखाउने जिम्मा लिन्छन् - सुग्रीव हनुमान राम लक्ष्मण जाम्बबंत बिचमा बसेर लंकातर्फ प्रस्थान गर्छन् । महासागर नजिक पुग्छन र दण्डवत गर्छन् ।
रावणलाइ आफ्नो गल्ती नदोहोर्याउन मन्दोदरीले निकै प्रयाश गर्छिन तर पनि असफल हुन्छिन् । रावण आफ्नो घमन्डले उन्मत्त हुन्छ ।
त्रीजटाले रामको आगमन सागरको छेउमा भएको सुनाउछिन , सिताले ढुक्कको श्वास फेर्न लाग्छिन् ।
रावणलाइ डर हुन्छ र आफ्ना सुचकको जानकारी लिएर सभामा राम बिरुद्ध कसरी सफलता प्राप्त गर्न सकिन्छ भनेर सल्लाह हुन्छ । विभिषणले सितालाइ इज्जतसाथ फर्काउन अनुरोध गर्छन् तर रावण लगायत सबैले विरोध गर्छन् । रावणले भरिएको सभामा बेइजत गरेर लात्ताले हानेर बहिर्गमन गर्छन् । आफ्नो अपमान भएपनी रावणको सद्बुद्धिको कामना कामना गर्दै उनी रावणका लागि मरेको र लंका छोडेर जाने बाचा गरेर सभाबाट विदा हुन्छन् ।
आफ्ना प्रजाको प्रेमले विभिषण बिचलन हुन्छन् । आफ्ना निर्दोष सेनालाइ बचाउन रामसग गएर अनुरोध गर्ने निर्णय गर्छन् । र सल्लाह लिन आफ्नी आमा कैकेशीको साथ पुग्छन् ।
आमाले पनि आफ्ना पति भिस्रवले भनेको कहानी सुनाउछिन् । भिस्रवले दरबार छोडेर जाने बेलामा भनेका " रावणको पतनको सुरुवाती समय आइसकेको र कान्छो छोरा विभिषणले प्रजाको रक्षा गर्छ " आमाको आग्रह र आफ्ना साथी मन्त्री सहित उनी रामको शरणमा जान्छन् । विभिषण आएको देखेर गुप्तचर आएको आशंकामा रामसग मिल्न नदिने भन्छन सुग्रीवले ।
पछि हनुमानले रामको भक्त भनिसकेपछी रामलाइ भेट्न दिइन्छ । रामले विभिषणको वृतान्त जानी सकेपछी रावणको अन्त्य गरिसकेपछी सबै राज्य विभिषणको नाममा राज्य दिने भनेर सागर( सबै तिर्थको जलले ) अभिषेक गराउछन् । ।
रामको खबर रावण समक्ष एउटा गुप्तचर मन्त्रीले पठाइरहेको हुन्छ । रावणले सुग्रीवलाइ जालमा फसाएर रामको साथ छोड्न आग्रह गर्छ तर सुग्रीवले कुनै पनि हालतमा मान्दैनन् । विभिषणले अझै रावणलाइ रामको शरणमा आउन दुतमार्फत आग्रह गर्छन् । यो प्रयाश पनि सफल हुन सक्दैन् ।
रामको पक्षमा विभिषण आएपछी - समुद्र राक्षस दलले मात्र उडेर तर्न सक्ने हुन्छ्न भनेर बताउछन् । त्यत्रो किस्किन्धा जवान कसरी लंका लैजाने भनेर राम दोधारमा पर्छन् ।
आफ्नै पूर्वज सगरको कृपाले बनेको महासागरको उपासना गरेर - मार्ग खोजेर सेना तार्ने रामको योजना स्वरुप राम सागरको उपासनाको लागि जल आहारको त्याग गरेर स्तुतीमा ब्यस्त हुन्छन् ।
उता त्रिजटाले सितालाइ रामको खबर सुनाउदा सीता ब्याकुल हुन्छिन् र आफू पनि आहार छोड्ने हटमा पुग्छिन् ।
---
उता नन्दिग्राममा पुगेर माता कौशिल्याले भरत सामु पुगेर राम संकटमा परेको र सीता पनि सगैँ नभएको सपना देखेको कुरा सुनाउछिन् ।
उता तीन दिन सम्मको आराधान पछि पनि महासागर प्रकट नभएपछी राम क्रोधमा ध्यान भंग गर्छन् । जहाँ माया छैन त्यहा डर पनि छैन भन्ने मनसायले सागरलाइ निन्दा गर्छन् । रामले आफ्नो धनुषले ब्रम्हास्त्र वाण प्रहार गर्न लाग्दा - सागर राज विनय भावमा क्षमायाचना गर्दै प्रकट हुन्छन् र रामको चरणमा पर्छन् ।
पाँच तत्व मध्य पानी एक भएकाले ब्रमास्त्र प्रयोग गरेर धर्तीको बिनास नगर्न अनुरोध गर्दा रामले प्रसन्न भएर सागर तर्ने उपाय सुझाउन भन्छन् ।
सागरले नल र निलको कहानी बताउछन् । सानोमा छुद्र नल र निललाइ ऋषिको श्राप परेको जो भगवान विश्वकर्मा का सुपुत्र पनि हुन् । ( ऋषिको सामान जथाभावी फ्याक्ने भएकाले नल र नीलले जति फ्याकेका सामानहरु समुद्रमा सबै उत्रनेछन् - केही पनि डुब्ने छैनन् । यसै श्रापलाइ प्रयोग गरेर सागर तर्न महासागरले सुझाउछन्।
धनुषमा राखेको वाण प्रयोग नगरी फर्किदैन भनेर रामले उक्त वाण कता प्रहार गरौँ भनेर सागरसग सोध्छन् - सागरले उत्तरतर्फ ध्रुमकल्य नामको पावन भुमीमा राक्षसले मेरो जल मुहान लाई दुरुपयोग गरेको त्यही प्रहार गर्नु भनेर अनुरोध गर्दा रामले उक्त भुमी मरुस्थल बन्ने तर जडिबुटी पाइने छ भनेर वाण संधान गर्छन् ।
नल र निललाइ आफ्ना मातापिताको बन्धनको अनुसार आफ्नो कौशल र गुण आफैँ नभन्ने कारणले आफ्नो कौशलता नसुनाएको बताउछन् । त्यसपछी नल र निलले पुल बनाउन सहयोग गर्छन् ।