Sunday, 24 November 2019

महिला हिंसा रोक्न महिला सशक्तीकरण आबश्यक छ । महिला सशक्तिकरणको लागि महिला शिक्षा आबश्यक छ

#SpreadPositivity

त्यसो त अधिकांश महिलाहरु महिला बाटै शोषित हुन्छन् । यसको अर्थ पुरुषले महिलालाइ निकै इज्जत गर्छन् भन्ने होइन । नारी सशक्तिकरण, समान सहभागिता, महत्वपूर्ण स्थानहरुमा अवसर, नारी शिक्षामा जोड र कार्यान्वयन, नारी समस्याहरुको अध्ययन र निराकरणका उपायहरु प्रती ध्यान दिनु जरुरी छ।

पूर्व मिस नेपाल शृङ्खला खतिवडाले चेपाङ बस्तिमा आयोजना गरेको सरसफाइ आयोजना, अनुराधा कोइरालाको माइती नेपालको सराहनीय कार्य, बस्ती बस्तीमा पुगेर दुखलाइ बाढ्ने प्रयत्न गरिरहेकी बिद्या चापागाइ जस्ता प्रतिनिधि पात्रहरुको अत्यन्त खाचोँ छ ।

देशमा दोस्रो कार्यकालको लागि संसदबाट मनोनित हुनुभएकी सम्माननिय राष्ट्रपति बिद्यादेवी भन्डारी, एक समयमा प्रधानन्यायाधीश हुनुभएकी सुशिला कार्की र सोही समयमा सभामुखको भुमिका निर्वाह गर्नुभएकी ओनसरी घर्ती जस्ता महान पात्रहरु लाई हेर्ने हो भने महिलाको प्रभाव बुझ्न सकिन्छ ।

हालसालै एसिड आक्रमणले ग्रसित मुस्कान खातुनको दृढ इच्छा शक्तीले उनिलाइ छुट्टै सफलताको आसमानमा पुर्याउछ ।केवल मनको इच्छा पूरा गर्न नारीलाइ बस्तु सम्झनेहरु लाई दबाबमा राख्न अहिलेको सरकार सग यथेष्ठ शक्ति छ , तर शक्तिको सन्तुलित प्रयोग भएजस्तो मलाइ ( नागरिक ) लाई लागेको छैन ।

त्रिभुवन बिश्वबिद्यालयमा अध्ययनरत सामुहिक छात्राहरुको भर्खरै केही हप्ता अघि निस्किएको मागपत्रमा लेखिएका कुराहरुले हाम्रो समाजलाई निकै कुराहरु सोच्न बाध्य बनाएको छ । महिला हिंसा केवल घरमा हैन, हरेक चोकमा हरेक गल्लिमा हरेक पाइलामा हरेक पसलहरुमा हरेक संस्थानहरुमा हरेक कार्यालयमा हरेक समाचारमा हरेक समयमा राजाको महलमा गरिबको झुपडिमा - फलाम खानी देखि ईटाभट्टा सम्म - धर्मगुरु देखि नास्तिकका आगँनमा पनि प्रसस्त भेटिन्छन् ।

आफ्नै आँखा अगाडिका कतिपय घटनाहरु आफूँले नदेखे जस्तै गर्नुपर्छ। प्रत्येक नागरिकले प्रयोग गर्ने शब्ददेखी ब्यक्तिको बिचारमा नारिलाइ दवाबमा राखिएको छ । समान किसिमको मजदुरी गरेपनी समान ज्याला नपाउने प्रथा पनि महिला शशक्तिकरणमा बाधा पुर्याउने विशेष पक्ष हो - मलाइ लाग्दछ ।

लोकसेवा आयोगमा कोटा सुनिश्चित गरेर, स्थानिय निकाय संसदमा कोटा सुनिश्चित गरेर महिला हिंसाको अन्त्य गर्न सकिँदैन, केही हदसम्म निराकरण होला । महिला हिंसा गर्नेलाई कसुर अनुसारको सजाय दिइएन भने हिंसा निराकरणको बिश्वासमा हिंसा बिस्तार हुने निश्चित छ ।

महिलाको उत्थानको लागि महिला आफैँ पनि अग्रसर हुनुपर्दछ । घटना लाई ढाकछोप गर्ने उदेश्यले पीडकले आर्थिक प्रलोभनमा पार्न खोज्दा सहजै प्रभाबित भएर छुवाछुत बलात्कार दाइजो प्रथा जस्ता घटनाहरु घटाउनलाइ टेवा पुगेको देखिन्छ । तराइ प्रदेशमा बसोबास गर्ने एक ब्यक्तिको भोगाइ अनुसार उनी भन्छन् " तराइमा दाइजो प्रथा निराकरण गर्न निकै कठिन छ - दाइजो प्रथा लाई रोक्नुपर्छ भन्ने पर्याप्त ज्ञान भएपनी दाइजो प्रथा रोक्न सकिरहेको छैन । जरा गाडेको दाइजोको चलन रोक्न महिलाको चेतनास्तर बृद्धि हुन जरुरी देखिन्छ ।

सरकारले उपेक्षा गरेको वा गर्न चाहदा चाहदै नभएको घटना ( निर्मला बलात्कार हत्या ) घटना जस्ता घटनाहरु राजनैतिक बृत छिचोलेर अघि बढ्न नसक्नू , केन्द्रिय ब्यबस्थापिका संसदका सभामुख जस्ता प्रतिष्ठित चेहराहरुमा लागेका महिला हिंसाका दागहरुले समाजलाइ दुषित पुष्टि गरिरहेका छन् ।

सुत्केरी महिलाहरु सुत्केरी सेवा अभावमा दैनिक ज्यान फालिरहेका छन् । सुत्केरी पछिको उपयुक्त आहारा पुर्‍याउन नसकेका कारण निकै महिलाहरु अपाङ्ग बनेका छन् । बालमृत्युदर मातृशिशु मृत्युदर लाई रोक्न हर किसिमका पहल गर्न जरुरी छ । महिला भएको आधारमा आफूँलाइ कमजोर सम्झने महिलाहरु र महिला देखेर महिलालाइ कमजोर सम्झने पुरुषहरु दुबै महिला सशक्तिकरणको मार्गमा अवरोधहरु हुन् ।

प्राकृतिक नियमको सत्यतालाइ बैचारिक निम्न आधार बनाएर महिलाहरु लाई छाउगोठमा राखिन्छ । कति महिलाहरु चिसोले कति जनावरको सिकार भएर त कति हिनताबोधले ज्यान गुमाउने गरेका छन् । देखिएका यस्ता घटनाहरुको त यस्तो बिकराल स्थिति छ - दबाइएका लुकाइएका घटनाहरु त लाखौँ होलान् । 

सुन्दर सभ्य र सुसज्जित समाजको परिकल्पना गर्न हरेक महिलाको चेतनास्तर परिवर्तन जरुरी छ । नासाबाट सम्मानित हुने रश्मी शाह, दौडमा पदक भित्राउने मिरा राणा, पासाङ ल्यामु शेर्पा, देवी सिता, राजकुमारी भृकुटि जस्ता नक्षत्रहरु अबको युगमा जन्मिन जन्माउन जरुरत छ । नारिको अस्तित्व पुरुष र पुरुषको सम्मान नारी हुन् । यो बुझ्नुपर्दछ ।

धार्मिक ग्रन्थमा हेर्ने हो भने पनि
द्रौपदीको बस्त्रहरण गर्न लगाउने वा गर्ने कौरव समर्थक पक्षको बिनास भएको देखिन्छ । सीता हरण गर्ने रावणको अन्त्य भएको हुन्छ । आफ्नै बहिनी माथी अत्याचार गर्ने कंशको अन्त्य भएको देखिन्छ । अझै बिस्तारमा केलाउदा नारिका आफ्नै कमि कमजोरी पनि होलान् तर हालको यो पितृसत्तात्मक समाजमा पुरुष नै बढि जिम्मेवार हुनुपर्ने देखिन्छ ।

नारिलाइ प्रेम गर्नुस, सम्मान दिनुस् - पुजा गर्नु जरुरत छैन । आज अन्तरास्ट्रिय महिला हिंसा बिरुद्धको दिवस सबै मिलेर सुन्दर भयरहित समाजको परिकल्पना गर्ने कुरामा प्रतिबद्धता जनाऔँ ।

Gopal Subedi 

#StopWomenViolences