Sunday, 26 April 2020

बन्दाबन्दी कायमै - वैशाख २५ सम्म कायमै

#VerifiedSource

कोरोना महामारी लाई नियन्त्रण तथा रोकथाम गर्ने हेतुले नेपाल सरकारले लकडाउन लाई चौथोँ पटक लब्याउदै १० दिन थपेर वैशाख २५ गते सम्म लागु गर्ने निर्णय गरेको छ ।

पहिलो पटक चैत्र ११ बाट - चैत्र १७ सम्म
दोस्रो पटक चैत्र १८ बाट - चैत्र २५ सम्म
तेस्रो पटक चैत्र २६ बाट - ०७७ बैशाख ३ सम्म
चैथो पटक वैशाख ४ बाट - वैशाख १५ गते सम्म
पाचौँ पटक वैशाख १६ बाट - वैशाख २५ गते सम्म

Nepal Government has decided to increase the Lockdown period for the fourth time, till Baishakh 25. 

Source :  Online Media



Thank You .

अक्ष तृतियाको महत्व

From : tasvirmanepal ( तस्वीरमा नेपाल )
#सन्दर्भ: बैशाख शुक्ल तृतिया || अक्षय तृतिया

महत्व:
हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक अक्षय तृतीया को महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार बैशाख  शुक्ल पक्षको तृतीया तिथिमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुने देखिएको छ । यो एक स्वयं सिद्ध मुहूर्त हो यसकारण कुनैपनि शुभ कार्य गर्नका लागि यसलाई सर्वोत्तम तिथि मानिन्छ । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ ।

नामाकरण:
यस दिन गरिएको जस्तो सुकै सानो तिनो दान धर्म पनि अविनासी भएर रहने हुनाले यस तृतियालाई अक्षय तृतिया भनिएको देखिन्छ ।

पुराणमा यस दिन :
-पौराणिक कथा अनुसार अक्षय तृतीयाकै दिन  जमदग्नी र रेणुकाको सुपुत्रका रुपमा भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुराम अवतारको रुपमा जन्म भएको थियो । त्यसैले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ ।
-चार युगहरू मध्य सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ ।
-वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए ।

सातु-सर्वतको प्रचलन:
आजको दिन पहाडी भेगका देउराली थुम्काहरूमा जौको सातु र सर्वत ख्वाउने प्रचलन परापुर्व काल देखि चलिआएको छ । धर्म शास्त्रमा उल्लेख भए अनुसार दानहरुमा अन्नदानको पनि बिशेष महत्व छ । गर्मी याममा जलका मुहानहरू सुक्दै जाने हुँदा अक्षय तृतीया पर्वमा प्राचीन कालदेखि नै बाटो घाटोहरूमा बटुवाहरूलाई जौको सातु सर्वत ख्वाउने प्रचलन परापुर्व काल देखि नै चलिआएको देखिन्छ ।
सातु- सर्वतको बैज्ञानिक कारण:
आयुर्वेदमा जौको गुणबारे भनिएको छ यो टर्रो, केही मधुर, खुर्कने स्वभावको र नरम पनि बताइएको छ । जौको प्रयोगले स्वर विकार पार्ने कण्ठरोग, चर्मरोग, स्वास र कफ रोगलाई पनि फाइदा पुर्याउने देखिएको छ । बैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा पुर्याउने हुँदा पनि यो पर्वको बैज्ञानिक महत्व देखिन्छ ।