Story Part 1
आज बिहानैदेखि निकै गर्मी महशुस भैरहेको थियो । क्लासमा पनि खासै पढ्न मन लागेन । निकै गर्मी गर्मी लागिरहेको थियो । सुदिना पनि कक्षामा आएकी थिइन । "प्रेम गर्छु " भन्थी - मैलेँ प्रेम गर्न नसक्ने बताएको थिएँ। यति सानो कुरामा रिसाएर क्लास नआउने त साथी त पक्कै हैन ।
मोबाइलले सुचक आवाज सुनायो , हेरेँ , ब्याट्री सकिन लागेको रहेछ । मोबाइललाइ पावर सेभिङ मोडमा राखेँ ।
अघिल्ला दुई बिषयहरु पढेर म निस्किएँ । इस्टिच्युटको अगाडीको क्यान्टिनमा दुइटा समोसा किनेँ ।
बाहीर निस्केर इस्टिच्युटको ठूलो बिल्डिङ हेरेँ र आफ्नो भबिष्य सम्झन लागेँ !
NAME - ठूलो लेटरमा लेखिएको छ । यो ठूलो इस्टिच्युट हो ।जहाँ पढ्ने जो हरेक हरेक क्षेत्रमा नेम निकाल्न चाहन्छन् ।
यो पशुपती जत्तिकै प्रतिस्ठित छ , प्रधानमन्त्री नचिन्नेहरु सबैले यसलाइ चिन्छन् । मन्त्रालयको सचिब देखि १० कक्षा पास गर्न लागेको बिद्यार्थीले यसलाइ चिन्छन् ।
यसमा लोकसेवामा जीवन रिटाइर्ड गरिसकेका देखी जीवन रिटाइर्ड गर्ने बाचा लिएर कसम खाने ब्यक्तिहरु सम्बन्धित हुन्छन् ।
उपत्यका का हरेक कलेजका शिक्षकहरु यहि छातामा भेटिन्छन् । डक्टर पढ्नेहरु , डक्टर पढाउनेहरु यसैमा भेटिन्छन् । कृषि पढ्नेहरु भेटिन्छन् । तिनै हुलहरु को एउटा सदस्य म पनि हो ।
हरिहर काफ्ले -
पुराना साथिहरुले आफ्नै डायरी खोलेभने यस्तै यस्तै मेरो छोटो परिचय भेट्न सक्छ ।
नाम - हरिहर काफ्ले
घर - ओखलढुंगा
आमाको नाम - हरिमाया चौरेँल काफ्ले
बुबाको नाम - आत्माराम काफ्ले
उपनाम - सुनसान समय
मनपर्ने नायक - निखिल उप्रेती
मनपर्ने नायिका - बिपना थापा
मनपर्ने गाएक - भक्तराज
मनपर्ने गायिका - कोमल वली र तारा देबी
मनपर्ने रङ - इन्द्रेणी
मनपर्ने देवता - भगवान् बिष्णु , गौतम बुद्ध , गुरु नानक
मनपर्ने देबी - आमा , सरस्वती
केटीको मन पर्ने बानी - लजाउने
केटाको मन पर्ने बानी - खुला मन भएको
छोटाछोटा सायरी हरु पनि छन् - हेर्न सक्नुहुनेछ । बिद्यालयकै जेहेन्दार छात्र हुँ । अटोकै मनपर्ने रङ हेरेर रङ फेरीफेरी रिबन फेर्ने साथिहरु को नाम अनुहार झल्झली आयो ।
SLC पनि राम्रै भयो । नतिजा सोचेभन्दा राम्रो आयो । मैलेँ ओखल्ढुङ्गा जिल्ला जितेको रहेछु । बुबा आमा मेरो नतिजा पछि मलाइ लिएर काठमान्डौँ आउनुभयो । मलाइ रहरले निकै काठमान्डौ मनपर्ने ठाउँ हो । कक्षा आठमा आएको थिएँ । पशुपती स्वयम्भु कताकता अलिअली याद आउँथ्यो ।
राम्रो नतिजाले मलाइ बिज्ञान संकायको अध्ययनको लागि बाटो खुल्यो । उच्च शिक्षा परिषदको छात्राबृती पनि पाएँ , चाबहिलको रिलायन्स कलेजमा भर्ना भएँ । पढ्ने नै कुरा हुन्थ्यो , कक्षा १२ पनि राम्रो नतिजा मा पास भएँ ।
मलाइ बरिस्ठ चिकित्सक बन्ने पनि रहर थियो , त्यसैले म आफ्नो चाहनाको बिरुवालाइ पानी हाल्न थालेँ । म एम बि बि एस को अध्ययनको तयारी कक्षाको लागि NAME मा भर्ना भएँ । उमेर दुई दशकको नजिक नजिक थियो । पढाइमा जबर्जस्ती ध्यान लगाउनु पर्थ्यो ।
-----
हुन त देशको अबस्था त्यस्तै छ । यी समयमा केही विभिन्न बिषयले देशमा शान्ती अमनचयनमा भद्रगोल देखिएको छ । आज माइतिघरमा माइक्रो रोक्न दिएन । बबरमहल सम्म फेरि हिड्नै पर्ने भो ।
माइतिघरमा सानासाना समुहहरु आन्दोलनमा उत्रीरहन्छन् । लाग्छ सन्तुष्ट कोइ पनि छैनन देशमा । कृषक आन्दोलन गर्छ, शिक्षक आन्दोलन गर्छ , चिकित्सक आन्दोलन गर्छ , ब्यबसायी आन्दोलन गर्छ , वकिल आन्दोलन गर्छ ।
काङ्ग्रेस आन्दोलन गर्छ , कम्युनिस्ट आन्दोलन गर्छ , मदेशी आन्दोलन गर्छ , राप्रपा आन्दोलन गर्छ । थाहा छैन कुन दिन देशको नाम नै आन्दोलन हुनेछ ।
म बबरमहल सम्म पुगेँ , अलि पर सम्म हिडेँ भने काठमाण्डौँ जिल्ला अदालत छ , अलि पर नेपाल टेलिकमको विशाल कार्यालय छ । त्यति टाढा पुग्न मन लागेन , बबरमहलमा बसेँ - माइक्रो पनि गर्मी भएकै गतिमा आइपुग्यो । बिहान बिहानै भएकाले खासै भिड भएन , अन्तिम सिटको देब्रेतिर बसेँ।
माइक्रोमा गितमा सङ्गीत बज्दै थियो -
हरपल रुवाउछ दुनिया र भन्छ हासिराख्नू
जहर पिलाउछ दुनिया र भन्छ बाचिराख्नू
--
कति मीठो आचार्यको स्वर लाग्यो । कोठातिर पुगेर फेरी सुन्छु सोचिरहे ।
माइक्रोमा ताता दिनको प्रभाबले निदाउन लागेछु , बानेश्वर चोकमा झ्याप्प ब्रेकले झसङ्ग भए , अगाडि मन्त्रीको जस्तै गाडी थियो । हल्का साइरन बज्यो - सांसद गाडी सहित एक सुरक्षा फौजको गाडी संसद भबन भित्र प्रबेश गर्यो ।
गित फेरीसकेछ - म जबर्जस्ती निदाउन्न कसम खाएँ ।
लगभग माइक्रो भरिसकेको थियो । माइक्रो मान्छे चढाउन तिनकुने मा रोकियो । एकजना अधबैशे महिला चढ्नु भयो । देख्दा निकै सम्पन्न समुहकै मान्छे जस्तो लाग्छ । मोबाइल भिबोको स्पेसिज थियो । हातमा सुन्दर घडी , घाटिँमा छोपिएको सिक्री - सुकिलो सारी - हातमा सानो ब्याग । आखाँमा चस्मा , कुनै बिदेशी अत्तरको बासना - छरितो जिउ - सबैसबै कुराले सम्पन्न समुहकै महिला हुनुहुदो रैछ भन्ने भान भयो ।
अन्तिम लाइनमा एउटा सिट बाकिँ थियो , मैले बस्न अनुरोध गरेँ ।
-- आन्टी बस्नु न !
-- अटिन्छ र बाबू ?
-- अटिन्छ नी ! यत्रो ठाउँ छ - आफू खुम्चिएर भएपनी ठाउँ ठूलो देखाएँ ।
बस्न खोज्नुभयो । हत्तपत्त बस्न मिलेन ।
छेउमा आवाज आयो - बस्न पनि जान्नुपर्छ अचेल त ।
-- हो नि बाबु ! अन्टीको समर्थन थियो ।
गाडी कोटेश्वरको जाममा अल्झिरहेकै थियो । आन्टिसगँ सानोसानो गफ उठिरहेकै थियो । गितले भाषा फेरेछ - उदित नारायण र नेहा कक्कड सगैँ गुनगुनाउदै थिए ।
°आन्टी कता पुग्ने हो र ?
° गठ्ठाघर बाबु ! बाबु चै कता पुग्ने नी ?
° म पनि गठ्ठाघर नै हो । म चै मन्दिरको पछाडी पट्टि बस्छु ।
( कुनै प्रश्नको सामना बिना मैले आफ्नो उत्तरलाइ सहज बनाएँ । )
हातको भिबो मोबाइल देखाउदै उहाँले भन्नू भो!
•• बाबु यो मोबाइलमा मेरो घरको फोन आउदैन किन हो ? हजुरलाइ आउँछ ? हेरीदिनुन ।
अनुरोधको पालना गर्दै म समस्या पहिल्याउन लागेँ । फोनमा ब्ल्याक लिस्टमा बसेको एउटा नम्बर रहेछ । मैले हटाइदिए र दिएँ ।
निकै खुसी भएर धन्यवाद दिनुभयो । मलाइ हिमानी शाह जस्तै नरम मान्छे लाग्यो । गाडी यतिखेर गठ्ठाघरमा आइसकेको थियो । हामी झर्यौ - उहाँ हाइवेको दाइनेपट्टी बस्नुहुदो रैछ ।
म आफ्नो कोठामा लागेँ , यतिखेर मन आफैँ खुसी भैसकेको थियो ।
Thank You Bro
ReplyDelete