Thursday, 7 May 2020

महर्षी वाल्मीकि द्वारा लेखिएको यो महान ग्रन्थको बारेमा लेख्ने साहस त टाढाको कुरा सुन्ने खालको समेत हाम्रो हिम्मत छैन । तर मैले यो कृतिलाइ संक्षेपिकरण गर्ने सानो सानो दुस्साहस गरेको छु । रामानन्द सागर द्वार निर्देशन गरिएको यो बृहत् काब्यलाइ आधार मानेर मैलेंं रामायण कथालाइ नेपाली सरल भाषामा संक्षेपिकरण गरेको छु । बोध प्राप्त गरिएका महान देव श्रीरामको लीला यो कथामा भेटिन्छ । रामको जन्म देखि शिक्षा लिएर पीताको बचनको लागि वनवास गएर रावण जस्तो दानवको अन्त्य गर्ने श्रीरामलाइ प्रणाम गर्न चाहन्छु । यो विराट कृतिको रचनाकार लगायत रामानन्द सागरको निर्देशनमा काम गर्ने सबै कलाकारलाइ मनै देखि प्रणाम गर्न चाहन्छु । भर्खरै रामायणले निकै पटक हेरिएको सेरिजको उपाधी पनि जितेको छ । 

कथामा सहजताको लागि श्रीरामलाई राम भनेर सम्बोधन गरेको छु । देव र दैत्यको सम्बोधनमा कतै कमिकमजोरी भएका छन् । त्यसको लागि क्षमा माग्दछु । सरलताको लागि - सहजताको लागि यो अध्ययन गर्न उचित हुन्छ - बृहत रुपमा अध्ययन गर्न अरु नै कुनै माध्यम उपयुक्त होला । कथामा लेखिएका तथ्यगत कुराहरु पूर्ण भर नपर्नूहोला किनकी यसमा पूर्णता छैन । ) 

- तर मलाइ यो लेखेकोमा आफैलाइ गर्व लागेको छ । 
Jay Shree Ram 
-Gopal Subedi ( Gopi ) 

रामायण सुरु ।

रावणको अत्याचारले त्राही त्राही भएर सबै देवता किन्नर गन्धर्व पृथ्वी ब्रम्हा सहित भैं विष्णुको चरणमा सहायता माग्न गएका ।
महादेवको वरदान पाएको रावणले - कोहि बाट पनि मृत्यु हुन नसक्ने
सत्यको रक्षा गर्नको लागि महेश ब्रम्हा लगायत सबैले बिष्णुलाई अनुरोध
विष्णुले दशरथको घरमा जन्म लिने र मानवकै रुपले रावण मार्ने निश्चय


सुर्य उत्तरायण मा प्रवेश गरेको समयमा दशरथले कुल देव सुर्य देव संग सन्तान मागेका-
वशिष्ठ ले यज्ञ गर्नुपर्ने सुझाएका - त्यसैले अथर्ववेदका ज्ञाता ऋषि शृङ्गमुनीलाई बोलाउनु पर्ने
राजा दशरथले ऋषि शृङ्गमुनी बोलाउन गएका

यज्ञमा अग्नि उत्पन्न भएर एक कचौरा खिर दिएका - जसको सेवनले ईच्छा पूरा हुने

कौशिल्या र कैकेयीले आफ्नो आधा आधा भाग खिर सुमित्रालाई दिएका - त्यसैले सुमित्राका दुई भाग भएर दुई छोरा । कौशल्या र कैकेयीका  एक एक पुत्र ।

विष्णुको जन्म हुने निश्चित भएपछी ब्रम्हाले इन्द्रलाइ रामरुपी विष्णुको सेवा गर्न देवतालाइ वानर रुपि भेषमा पृथ्वी लोकमा पठाउन आग्रह गरेका ।

चार कुमार का नाम गुरु वशिष्ठले जुराएका

कौशल्या नन्दन = राम
कैकेयी नन्दन = धर्म पुरुष भरत
सुमित्रा नन्दन = लक्ष्मण ( सबै लक्षणले युक्त ) - शत्रुघ्न ( शत्रु तह लगाउने )


राम लक्ष्मण र भरत शत्रुघ्न को जोडी चलिरहने बयान ।

----
राजा दशरथ लगायतका सबै परिवार खुसी - अत्यन्तै खुसी ।

---
ब्रतबन्ध समापन - भिख लिएर गुरु आश्रम गएका सबै ।

गुरुले सबैलाइ शिक्षा दिएका - सबै जवान भएका :

शरिरमा सात केन्द्र -
मुलाधार चक्र ( सबैभन्दा तल ):)  कुन्डलिनी
स्वाधिष्ठान चक्र ( second )
मणिपुर चक्र ( third )
अनाहक चक्र ( fourth )
विशुद्ध चक्र ( fifth )
अज्न चक्र (श्वेत वर्ण और भृकुटियोके बिच ): बिज मन्त्र = ॐ
सहस्त्रार चक्र ( सातौं ) - पूर्ण समाधी


=
सबै जना आश्रमबाट फर्किएका
अयोध्यामा हर्षोल्लाह फैलिएको - धर्म स्थापनमा कार्य गर्नु भनी - गुरुले आचार्य रिनबाट मुक्त गरिदिएका ।

गुरुमाता अरुन्धतीले चारै राजकुमारको आश्रममा ख्याल राखेकी ।

सुमन्त्र मन्त्रीले चारै कुमार लाई अयोध्या लिएर आएका

अयोध्यामा बृहत् स्वागत - प्रगाढ स्नेह सबै आमा हरुमा सबै भाइहरुमा
-----

असुरहरुले ऋषि बिश्वामित्रको आश्रममा यज्ञ गर्न नदिएका - अवरोध गरेका
ऋषि दशरथसग सहयोग माग्न गएका - राजाले सहयोग गर्ने वचन दिएका -
ऋषि ले राम लैजाने भनेका - तर दशरथले नमानेका । पछि गुरु वशिष्ठ ले सम्झाएपछी माने र राम लक्ष्मण लाई बिश्वामित्र सग पठाएका ।

रामले ताडका राक्षसिनीको बध गरेका ! विश्वामित्रले रामलाइ दिब्याश्त्र दिएका । जनकल्याणका लागि प्रयोग गर्ने भनेर ।

-- महादेवका शुलवत नामक अस्त्र
-- ब्रम्हास्त्र
-- नारायणस्त्र
यज्ञ संचालनमा पहरेदार गरेका दुई भाइले ।
असुरहरुलाइ हराएका

विश्वामित्रलाइ निमन्त्रणा आएको सिताको स्वयम्बर समारोह मिथिलाबाट

राम लक्ष्मण सगैं गएका ।
राम लक्ष्मणलाइ कहानी सुनाएका ।
( गंगाको किनारमा बसेर गंगाको कहानी -Ikshvaku वंशमा  राजा सगर थिए - सगरले अश्वमेध यज्ञ गर्दा- इन्द्र ईष्र्या गर्थे- यज्ञको घोडा चोरेका र पातालमा लगेका - कपिल आश्रममा छोडेका - सगर का छोराहरुले कपिल लाई अपमान गरेका - कपिलले सबैलाइ भस्म गराएका -

ती सबैलाइ मोक्ष  गराउन गंगा पातालमा ल्याउनु पर्ने तर - सगर , त्यसपछी अंशुवान र दिलिपले पनि नसकेका
दिलिप पुत्र भगिरथले  ठूलो तपस्या गरि गंगालाइ ल्याउन सफल भएका । गंगालाई महादेवले आफ्नो शीरबाट धर्तीमा खसाउनु भएको जस्को कारणले धर्तीले गंगाको वेग सहन गर्न सकेकि !

यसरी भगिरथले सबैको कल्याण गरेका

बाटोमा - रामले पत्थर लाई पाउले छोएर अहिल्यालाई मुक्त गरिदिएका ।
( कहानी : गौतम नुहाउन नदिकिनारमा गएका बेला इन्द्रले छलेर गौतम बनेर गएको र गौतम पत्नीको पतिब्रता नष्ट गरिदिएको । यो कुरा गौतमले थाहा पाएको र श्राप दिएको अहिल्या लाई )

श्रापको कारणले पत्थर बनेकी पछि रामले मुक्त गरेका ।


राम लक्ष्मण सहित बिश्वामित्र मिथिला पुगेका । राम दाजुभाइ लाई चिनारी गरिदिएका । रामको मिथिला भरी सुन्दरताको बयान । सिताको सुन्दरताको बयान - रामले पुष्पबाटिकामा सितालाइ देखेका - प्रेम गर्न लागेका ।

स्वयंबरमा जसले शिवको धनुस भाच्न सक्छ त्यसैले सीता सग बिबाह गर्ने नियम रहेको मिथिला नरेश जनकले बताउनु ।
मिथिलाका  गुरु - सतानन्द ।

स्वयंबरमा सबै राजकुमार आएका । सबैले धनुष भाच्न सक्छु भनेर घमण्ड गरेका - कसैले नसकेका । सबै लाजले पानीपानी भएका । कसैले पनि धनुस भाच्न हल्लाउन नसक्नु ! जनक निराश हुनु सबै निराश हुनु ।

विश्वामित्रले रामलाइ अनुरोध गर्नु - रामले सहजै धनुस भाच्नु -
स्वयंवर पूर्ण हुनै लाग्दा ऋषि पर्शुराम आउनु । क्रोधी हुनु । धनुस भाचिएको आवाजले ध्यान भङ्ग हुनु । लक्ष्मण क्रुद्ध हुनु - रामले धैर्यता पूर्वक मनाउनु, पर्शुराम धन्य धन्य भनेर छुट्टिनु । परशुरामले रामलाइ आफ्नो धनुषबाट  ( बिष्णुले पर्शुरामका पितामह रिचिक लाई दिएको ) बाण प्रहार गर्न दिएका । रामले उक्त बाण प्रहार गरेका । उक्त वाण ( पर्शुरामले आफ्ना गुरु कस्यपलाइ पुरै पृथ्वी दान दिएका कारण उ राती पृथ्वी मा बस्न नपाउने ) त्यसैले रामले पूर्व दिशामा वाण छोडेर सबै अहंकार तोडिदिएका पर्शुरामको ।

मिथिलामा रामको यशको गुणगान पठाउनु । जन्ती लिएर अयोध्या बासी मिथिला आउनु । सोही मुहुर्तमा लक्ष्मणको सिताकी बहिनी उर्मीला सग विवाह सम्पन्न गराउनु । सगैं भरत र मान्डवी , शत्रुघ्न र श्रुतकिर्ती (जनकका भाइ  कुशध्वज सुपुत्री ) को साथ विवाह पन्चमीका दिन शुभ विवाह ।

जनकले पुत्री प्रेमले बिदाइ गर्न नसकेका - पछि बिदाइ गरेका । अयोध्यामा सबै फर्किएका ।
सबै खुसीमा ब्यतित रहेका

भरत र शत्रुघ्न मामा पुर्‍याउन कैकेयी राज्य गएका ।  राम र लक्ष्मण अयोध्यामा रहेका ।

विश्वामित्र पनि तपोवन फर्किएका ।

सोही समयमा दशरथलाई राज्य राम लाई दिन मन लागेको । सबैले स्विकार गरेका । नगर भरी हर्ष उल्लास भएको । सबै खुसी भएका ।

रानीहरु सबै खुसी भएका । रामले धेरै पछि राज्य अभिषेक गर्न मन्जुर लिएका । त्यही समयमा रानी कैकेयीकी सुसारे मन्थराले कैकेयीको मनमा विष घोल्न सुरु गरेकी । राजा राम बनेपछी - भरत र कैकेयी दासी हुनुपर्छ भन्ने भ्रममा पारेर राज्य भरतलाइ मिल्नुपर्ने गरि आफ्ना दुई बरदानहरु मागेकी ।

देव असुरको लडाइमा रानी कैकेयी दशरथकि सारथि थिइन । दैत्यको प्रहार लागेर अचेत भएको अवस्थामा कैकेयीले बचाउदा - राजा खुसी भएर दुई बरदान माग्नु भनेका थिए - रानीले समय आएपछी माग्छु भनेकी थिइन् ।

पछि रामलाइ राज्याभिषेक गराउने एक रातमा मन्थरा सहित कैकेयीले योजना बनाउछन् । भरत नभएको मौकामा  राजा दशरथ संग दुई बरदान मन्थराले बताए बमोजिम मागिन ।
१ . रामको सट्टा भरतलाइ राज्य
२. रामलाइ १४ वर्ष वनवास


रानीको कुरा मानौं - रामलाइ राज्य दिने भनेको कुरा नपुग्ने - रानीको कुरा नटेरौँ त बचनमा हारिनुपर्ने ।

धर्म र बचनको यो संकटबाट मुक्ती दिनको लागि रामले बनबास जाने निर्णय गरे - सबैलाइ सम्झाएँ । माता सीता र लक्ष्मण पनि राम सगै जाने निर्णय गरेँ । दरबारमा सबै निराश भएँ - दशरथको र कैकेयीको कुरा काट्न लागे । रामसगै बनबास जान निकै अयोध्याबासी पछिपछी लागे ।

बिहानै थाहा नदिइकन राम लक्ष्मण  सीता र सुमन्त मन्त्री सगै चित्रकुट पर्वत तर्फ लागे ।

बाटोमा निसाधका राजा गुह ( रामका साथी ) ले बाटोमा स्वागत सत्कार गरे । बाटोमा निकैले भरतको कुरा काटिरहेका थिए । एक रात गुहकामा बाँस बसेर आफ्नो मार्गमा अघि बढे । रामको टोली ।

गंगा ( वैश्णवी ) नदि पार गर्नको लागि एउटा माझिले सहयोग गर्छ ।

त्यसपछी राम समुहले गुरु भारद्वाज लाई भेट्छन्  सल्लाह लिन्छन् र आफ्नो बाटो लाग्छन् । गुह सगै सबै चित्रकुट तर्फ लाग्छन् -

बाटोमा गुहले यमुना पार गर्न सहयोग गर्छन् । भरतलाइ सिमा रक्षा गर्न सघाउनु भन्ने आदेश दिन्छन् । गुह फर्कदा सुमन्त अयोध्या फर्कन मानिरहेका हुदैनन् ।


बाटोमा भेटिएका जनताले रामलाइ वाल्मीकिको आश्रममा पुर्‍याउछन् - चित्रकुटको मन्दाकिनी नदिको किनारमा कुटी बनाउन सल्लाह दिन्छन् ।  राम समुहले कुटी निर्माण गर्छन् र बस्न थाल्छन् ।
---
उता राजा बिरामी पर्छन । आफ्नो भुलको पस्चाताप गर्छन् ।
( राजाको श्राप )
सिकार खेल्ने क्रममा शब्दभेदी बाण प्रहार गर्दा - श्रवण कुमार लाई लाग्छ - मर्छन । पानी पिलाउन जादा श्रवणकुमारका आमा खवर सुनेर मर्छिन - अन्धा पिताले दशरथलाई पुत्र वियोगमा तड्पी तड्पी मर्नु परोस भन्ने श्राप दिएर मर्छन् ।


श्रवणका अन्धापिताको श्राप जसरी नै रामको वियोगमा पिता दशरथको देहान्त हुन्छ । भरतलाइ बोलाउन पठाउछन् - भरत आउछन् - सबैले फरक व्यवहार गर्छन् । प्रजाले पनि मान गर्दैनन् । जब आफ्नै आमाको मुखबाट सबै कुरा सुन्छन् र पिताको मृत्युको खबरले स्तब्ध हुन्छन् ।


पिताको दाहसंस्कार गर्छन् - त्यसपछी रामलाइ भेटेर फर्काउने निधो गरेर सबै गुरु , आमा , राज्य र मन्त्री सहित वन तिर प्रस्थान गर्छन् ।

भरतले यति धेरै रामलाइ इज्जत र सेवा गर्छन् त्यो यो शब्दमा लेख्न असम्भव छ ।
राम र भरतको भेट हुन्छ । पिताको देहावसानको बारेमा थाहा हुन्छ । राम र भाइले र सिताले मन्दाकिनीको नदिमा आफ्नो कर्म गर्छन ।


रामको पिताको वचन पूरा गर्ने मनसाय र भरतको राम लाई राजा बनाउने प्रेमको संग्रामले कथालाइ छुट्टै मोड दिएको छ ।  यहाँ प्रेमको संग्राम भएको बताइन्छ । भरतले रामलाइ नै राजा बनाउने भनेर ढिपी गर्छन् । मिथिला नरेशले सबैलाइ सम्झाउछन र अन्त्यमा  भरतले १४ राज्य गर्ने । रामको राज्य हुने । १४ बर्ष पछि फर्केर आउने निर्णय गर्छन् ।

रामका पैताला का चप्पललाइ राज सिंहासनमा बसाउने र आफू निमित्त भएर राज गर्ने भनेर भरत को टोली अयोध्या फर्कन्छ । भरतको यो स्नेहको सम्मानको मुक्तकण्ठले प्रशंसा गरिएको छ ।

भरतले भनेअनुसार नै गर्छन् । आफ्ना दाजु भाउजू बनमा साधु जीवन बिताएका बेला म पनि राजसी सेवा भोग गर्दिन भनेर भरतले शत्रुघन लाई दरबारको ख्याल राख्नु भनी उनी नन्दिग्राम कुटीमा खाल्डोमा बसाइ सर्छन्।

कैकेयी भरत सगै बस्छु भनेर जादाँ महारानी भनेर भरतले सम्बोधन गर्छन् र आफै सग बस्न मनाही गर्छन् । भरतको धर्मको यो अवतारले उनको कद उचो पारिएको छ । मान्डवी लाई पनि माता कौशल्याको हेरचाह गर्न दरबार मा नै बस्न अनुरोध गर्छन् ।


राम आफ्नो मार्गमा हिड्ने क्रममा ऋषि अत्री र अनुसुइया को आश्रममा पुग्छन् । त्यहा उनको स्वागत हुन्छ । अनुसुइयाको महिमा रामले सुनाउछन् । सितालाइ अनुसुइयाले गहना दिन्छिन । ( महसती अनुसुइयाले १० वर्ष  वर्षा नहुदा आफ्नो तपोबलले गंगाको एक धारा उक्त स्थानमा ल्याएकी थिइन् - र मन्दाकिनीको नामले प्रसिद्ध छ । बसाइमा सितालाइ पतिप्रेमको बारेमा निकै गुणगान सुनाउछिन्


त्यसपछी ऋषि अत्रीको सल्लाह अनुसार रामको समूह गुरु सरभङ्गको आश्रम तर्फ अघि Dhandak वन तर्फ बढ्छन् । अत्री गुरुको अनुसार बिराध राक्षसको सामना हुन्छ । राम लक्ष्मणले एक एक भुजा काटेर उक्त नरभक्षी राक्षसको अन्त्य गर्छन् ।

मार्गमा इन्द्रले सरभङ्गलाइ - स्वर्ग जान अनुरोध गर्छन तर राम आउने कारणले म स्वर्ग जान सक्दिन भन्छन् । रामलाइ भेटेपछी उनको मनोकामना पूरा हुन्छ त्यसपछी उनी परलोक प्रस्थान गर्छन् ।

----------

आफ्नो मार्गमा अघि बढ्ने क्रममा रामले मुनीहरु सग आशीर्वाद लिदै अघि बड्छन् । बाटोमा एक मुनिहरुको जमात भेट्छन् र मुनिहरु आलाप बिलाप गर्छन् । मुनिहरुले हड्डीहरु लाई देखाउदै यी मुनिहरुका सेवा गर्ने अठोट लिएका ऋषिहरुको दानवले पारेको दुर्गती बताउछन् । रामले सोही समय धाडका वनलाइ असुर रहित वन बनाउछु भनेर लक्ष्मणसहित प्रण लिन्छन् ।

सोहिअनुसार सबै दैत्यको नास गर्दै अघि बढ्छन् ।

अयोध्यामा रामको प्रतीक्षामा माता कौशल्या पलपल गन्दै बसिरहेकी छिन् ।

वनमा राम लक्ष्मणले निकै समय ब्यतित गरिसकेका छन् । 10 बर्ष लगभग ब्यतित गरिसकेका छन् ।

तपोवन मा निकै मुनीहरु सग ज्ञान आर्जन गर्दै समय ब्यतित गर्छन् राम लक्ष्मणले । यस्तै गर्दै राम मुनि सुतिक्ष्णको आश्रममा पुग्छन् ।

मुनि सतिक्ष्णले आफ्ना गुरु अगस्त्यलाइ भेटाउछन् । अगस्त्य गुरुको आश्रमा ॐ ध्वनीले गुन्जयमान हुन्छ। ज्वाज्वल्वीत हुन्छ । रामले सुनाएको कहानी ( अगस्त्यले देवलाइ सहयोग गर्न सातै समुन्द्र आफ्नो अन्जुलीमा भरेर पिएका थिए ।) समुन्द्रमा दैत्य लुकेका र पानी हटाउन देवताले अगस्त्य मुनिलाइ आग्रह गर्दा उनले यसो गरेका थिए ।
त्यस्तै एकपटक बिन्ध्या पर्वतले सुर्यको बाटो छेक्न खोज्दा अगस्त्यले आफ्नो पाउले उक्त पर्वत कुल्चेर अहंकारलाइ दबाएका थिए


पर्वतलाइ स्तम्भ गराएको कारणले अगस्त्य भनिएको हो ।
भगवान शिवको विवाह हेर्न सबै जीव जिवात्मा उत्तर तर्फ जादा - बिन्ध्या पहाडको दक्षिण पट्टि गएर अगस्त्य मुनीले आफ्नो बलले पृथ्वीको सन्तुलन राखेका थिए !

सम्पूर्ण उत्तर भागको तपोवल र दक्षिणको तपोबलको तुलना गर्दा दक्षिणी तपोबल बढी हुन्छ । त्यससगै शंकरले अगस्त्यलाइ तमिल भाषाको शिक्षा दिएका थिए ।

अगस्त्यले नै ब्रम्हलोकबाट  काबेरी नदी कमन्डलुमा भरेर ल्याएका थिए ।

मुनि अगस्त्य सग बातचित गरेर राम दन्डक बनलाइ असुर रहित बनाउने उदेश्यले आफ्नो मार्ग बताइदिन भन्छ्न् - त्यसपछि मुनि अगस्त्यले पन्चवटी ( गोदावरीको किनारमा ) रहेको स्थान बताउछन् ।

रामको बाटोमा निकै बाधा रहेको गुरु अगस्त्यले बताउछन् र आफ्ना अस्त्र दिन्छन् । बिश्वकर्मा ले बिष्णुका लागि बनाएको धनुस रामलाइ दिन्छन् ।वाण राख्ने टोकरी( इन्द्रले दिएको ) जसमा 4 बाणहरु शत्रु परास्त गरेर बिलिन हुनेछन् र टोकरीमा पुन फर्कनेछन्। ती टोकरीमा वाण कहिल्यै समाप्त हुदैनन् । एउटा दिब्य खड्ग पनि दिन्छन् मुनीले । त्रीपुरासुर अन्त्य गरेको वाण पनि दिन्छन् ।

बाटोमा राम सिताले अनौठो पन्छी देख्छन् । लक्ष्मणले प्रहार गर्न खोज्छन् तर रामले रोक्छन् । उनको समिपमा गएर रामले परिचय भन्छन् र सोध्छन् ।

उक्त पन्छिले दशरथ मेरो मित्र भएको कहानी सुनाउछ्न् । कश्यप ऋषिका गरुड र अरुन मध्य । गरुड बिष्णुको सेवामा बाहन भएर र अरुन सुर्यको सेवामा लिन भए। त्यही अरुनको पुत्र जटायु हुँ , भने । मेरो दाजु "सम्पती" गिद्धको राजा हो । उनले पन्चवटीमा राम सिताको रक्षा गर्ने बचन दिन्छन् ।

( १२ वर्ष बितिसक्यो )

उता रामको बाटो पर्खिएर आमाहरु चिन्तित छन् ।

पन्चवटीमा आश्रममा ध्यानमा बस्दा - गगनमा सैर गरिरहेकी एक नारीले रामको तेजीलो शरिरमा आशक्त भएर आफ्नो रुप छोडेर सुन्दर स्त्री बनिन् र रामलाइ परिचय बताउन लागिन् । सुर्पनखा  : जो रावणकी बहिनी थिइन् ।

रावण - ऋषि पुलस्त्य का छोरा भिस्रवका छोरा लंकापती रावणकी बहिनी हुँ ! खर र दुषण मेरा भाइ हुन् - कुबेर मेरो भाइ हो - भनिन् ।

रामलाइ प्रेम प्रस्ताब राखिन् सफल हुन सकेन - लक्ष्मणलाइ प्रस्ताब राखिन् - सफल भएन र आफ्नै रुपमा आएर देवी सितालाइ खान खोज्दा लक्ष्मणले सुपर्नखाको नाक काटिदिन्छन् ।



--
सुपर्णखा खर दुषण समक्ष गएर कुरा बढाइ चढाइ सुनाउछिन्  । खरले कलभट्टलाइ , राम दाजुभाइ लाई तहसनहस गरेर मेरो लागि सीता ल्याउनु भनेर भन्छन्

१४ सेना लिएर कालभट्ट रामलाइ अधिनमा लिन जान्छ । रामले एकै वाण सन्धान गरेर सबैका शिरहरु एक अर्काबाट बिचलन गराइदिन्छन् । यी सगैँ गएकी सुर्पनखा त्रसित हुन्छिन र भाग्छिन् ।

त्यसपछी आफ्ना सेनाको जमात लिएर खर र दुषण रामको कुटिमा पुग्छन् । राम एक्लैले सबै असुरहरु लाई मोहिनी अस्त्रको प्रयोग गरेर मार्छन । र खर र दुषणललाइ पनि आफ्ना मेधावी अस्त्र प्रयोग गरेर मार्छन।

---



खर र दुषणको हत्या गरिसके पछि बिचलित भएर सुर्पनखा रावणको सभामा गएर हार गुहार गर्छिन् । रावणलाई सिताको रुपको बयान गरेर आफ्नो स्वार्थको लागि रावण बिरुद्ध उक्साउछिन! रावणका कान्छो भाइ विभिषण  रावणलाइ संयमित रहन र राम लाई आक्रमण नगर्न सुझाब दिइरहन्छन् भने रावणको पुत्र इन्द्रजित राम दाजुभाइलाई तहसनहस पार्ने कुरामा उत्तेजीत हुन्छ ।

लंकेश रानी मन्दोदरी पनि आफ्नी पतिलाइ रामको बिरुद्धमा नजान सम्झाइरहन्छिन । उसले सुर्पनखाको भावनामा बहेर रामलाइ प्रतिकार गर्ने प्रण लिन्छ । विभिन्न भारदारहरुको सल्लाह बमोजिम उसले रामकी पत्नी सितालाइ हरण गर्ने र लंकेशको दरबारमा राख्न राजी हुन्छ ।

मायाजाल बिद्यामा निपुण आफ्नो मामा मारिच सग सल्लाह माग्छ रावणले । मारिचले रामको महिमा गाउदै उनका विरुद्ध कुनै माया नचल्ने बताएपछी रावणले मार्ने धम्की दिन्छ । रावणको हातबाट मरेर कलंकित हुनु भन्दा - रामको हातबाट मरेर कृपा कमाउन राम्रो ठानेर , मरिचले रावणले भने बमोजिम सुन्दर मृगको रुप लिन्छ ।

उक्त सुन्दर मृगलाई देखेर सितालाइ मोह उत्पन्न हुन्छ । र आफ्ना राम र देवरलाइ मृग समातेर ल्याउन आग्रह गर्छिन र त्यो मृग भरतलाइ दिन मन छ भन्छिन।

लक्ष्मणलाइ सिताको ख्याल राख्न भनेर राम उक्त हरिणको खोजिमा निस्किन्छन् । निकै लखेट्दा पनि उक्त मृगलाई समात्न सक्दैनन् । निकै समय सम्म रामले लखेटेपछी उक्त मृगलाइ प्रहार गर्छन् र उक्त मारिचरुपी मृग पिडामा छटपटाउछ , र हे लक्ष्मण हे सीता भन्दै कराउछ । उक्त भ्रान्तिको आवाजलाइ सिताले रामको आवाज हो , राम संकटमा छन् तिमी जाउ भन्दा - भाइले यो रामको आवाज होइन - यो मायावी आवाज हो भन्दा - सिताले भावनामा बगेर लक्ष्मणलाइ हेयभावले भन्छिन् । म आफैँ रामलाइ रक्षा गर्छु भनेर हिड्न खोज्छिन् ।

त्यसपछी रामको आज्ञा उल्लंघन गर्दै भाइ रामको रक्षा गर्न निस्कन लाग्दा - आफ्नो वाणमा गुरुको मंत्र प्रयोग गरेर  लक्ष्मण रेखा कोर्छन् । उक्त रेखा नाघेर कोहि पनि भित्र प्रवेश गर्छ भने उ जलेर मर्छ ।

सितालाइ यश घेरा बाट बाहिर ननिस्किन आग्रह गर्दै भाइ रामको खोजिमा निस्किन्छन् ।


यसै मौका छोपेर रावण आफ्नो भेष धरेर साधुको भेष गरेर सीतालाई लक्ष्मण रेखा काट्न बाध्य गराउदै उसले आफ्नै भेष गरेर हरण गर्छ । उसले पुस्पक विमान प्रयोग गरेर हरेर लान्छ ।

पुस्पक बिमानमा उडाएर लैजादै गर्दा अरुण पुत्र जटायुले देख्छ । र सितालाइ रावणबाट छुटाउनका लागि  घोर संग्राम गर्छ । जित्नै लागेको हुन्छ जटायु ले । अन्तिममा तरबार प्रहार गरेर रावणले जटायुलाइ मारिदिन्छ । रावणले सीता हरेर लान्छ । सिताले महासतिले अनुसुइयाले दिएका गहना फ्याकिदिन्छिन् र वनवासी हरुलाइ राम लक्ष्यमणलाइ खबर गरिदिन आग्रह गर्छिन् ।



यता रामका दाजुभाइ हरपल सीता खोजिरहन्छन् - भेट्दैनन् सबै आकुल ब्याकुल हुन्छन् ।रातभरी खोजेर नभेटेपछी बिहानिपख खोज्दै जादा पखेटा काटिएर पिडाको उच्च छटपटाहटमा मृत्युलाइ रोकेर ब्याकुल भैरहेको जटायुलाई देख्छन् । उनलाइ काखमा लिएपछी जटायुले बृतान्त बताउछन् । त्यसपछी जटायुले रामको काखमा प्राण गुमाउछन् । जटायुको हत्याको बदला र सीता हरणको बदला पूरा गर्न राम जसरी पनि रावणको अत्याचार अन्त्य गर्ने प्रण लिन्छन् र त्यसपछि जटायुको दाहसंस्कार गर्छन् ।

जटायुले त यो मात्र बताए कि रावणले सितालाइ दक्षिणी आकाशमा उडाएर लग्यो तर कुन ठाउँ लग्यो भन्नै सकेनन् ।

उता रावणले अशोक बाटिकाको एउटा वृक्षको फेदमा सितालाइ राखेको थियो । सीता रावणका हरेर उपहार हरु त्याग्दै खाना समेत नकारिरहेकी थिइन् ।


थर्काउदै धम्काउदै रावण कहिले लंकेशकी महारानी बन्ने आशा देखाउदै हात लगाउन खोजिरहेको थियो । यतिकैमा आकाश वाणी हुन्छ र रावणलाइ श्राप पर्छ " यदी कुनै स्त्रीलाइ बिना मन्जुर छोइन भने मात्र तँ भस्म हुनेछस् । " यसै श्रापदेखि डराएर रावण पर हट्छ । सीता माताको राम प्रतिको अगाध स्नेह , र पतिब्रता सम्मानले रावणमा डर पैदा हुन्छ र सगैँ अहंकार उत्पन्न हुन्छ ।

राक्षसी मुलकी त्रिजटा नामकी एक सुसारेले सितालाइ लंकामा सहयोग गर्छिन् - मन्दोदरीले पनि यथासक्य सहयोग गर्छिन । सीता, राम आउने र रावणलाइ जितेर लैजान्छन् भन्ने भावमा लंकामा एक बन्दी जीवन बिताउन विवश हुन्छिन् ।

उता दन्डक बनमा राम र लक्ष्मण घुम्दै घुम्दै भौतारी रहन्छन् । खोज्दै जाने क्रममा राम र लक्ष्मणलाइ कबन्ध राक्षसले आफ्ना बाहु लम्बाएर समात्न खोज्छ । अगस्त्य मुनिले दिएको तरबारले उक्त कबन्ध राक्षसमा बाहु टुक्रा टुक्रा पारेर काटिदिन्छन् । उक्त राक्षसले विनय भावमा मेरा हात काट्ने त केवल राम लक्ष्मण मात्र हुनुपर्छ भनेर उसले सोध्छ । यदि तपाईं हरु राम दाजु भाइ हो भने म सीताको बारेमा एउटा महत्वपूर्ण सुचना दिन्छु भन्छ ।




स्थुलशिरा नामक ऋषिले एक दनु नाम गरेको सुन्दर गन्धर्वलाइ उसको नकारात्मक कामको कारण कंबन्ध भएर राक्षस भएर जीवन ब्यतित गराउनु परोस् भन्ने श्राप दिएका थिए । यदि रामले कबंधलाइ खाल्डोमा पुरेर जलाएपछी मात्र उसले ज्ञान दिन सक्छ । त्यसपछी रामले सोही अनुसार कार्य गरेका । उसले रावणले सीता लाई दक्षिण तर्फ लगेको र रावणको पुरै बृतान्त बतायो । पुलस्त्यका छोरा भार्बभको छोरा लंकेश रावणको बारेमा निस्चित दिशा देखाइ पठाए र पर सवरी भन्ने तपस्विनी भेटिन्छ । उनले सुग्रीव सम्म पुग्ने बाटो देखाउछिन् भन्ने सुराक पाए ।



त्यसपछी राम सवरीको कुटीमा पुगे । सवरीले रामको बाटोमा पुष्पले पुजा गरिन् आफ्ना भक्तियुक्त आशुले रामका चरण पखालिन् । आफूले बर्षदेखी रामको लागि जम्मा गरेका बयरहरु रामलाइ प्रेमपूर्ण अर्पण गरिन् ।
रामले श्रद्धापूर्वक भोजन गरे तर लक्ष्मणले तुच्छ सम्झदै खान स्विकार गरेनन् ।

मतंग ऋषिले बताए झैँ राम सवरीको झुपडीमा आएर जुठा बयर खाएर सबरीलाइ परम महिमा गाथा सुनाएर परलोक पुर्‍याउनु भो ।
सवरीले बाटो बताइन - दक्षिणी दिशामा पम्पा तलाउ छ । तलाउ छेउमा दुई पर्वत छन् उक्त पर्वतमा वानर राजा सुग्रीव बस्छन् र त्यही हनुमान पनि बस्छन् भनेर ।

राम त्यसपछी सुग्रीवको राज्य तिर लाग्छन् ।
बाटो एकदमै भयंकर हुन्छ - निकै समय हिडिसक्दा पनि बाटो भेटिन्न । उता अंगद राज्यमा दुई सन्त , गुप्तचर आएको आशंका हुन्छ । अंगद राज र उनका चार मन्त्री - नल नील - हनुमान - जामवंत ( भालु ) जम्मा पाचँ जना र अरु सेना बस्थे ।

अंगद राज्यले हनुमानलाई गुप्तचर ब्राह्मण बनाएर पठाउछन्- संस्कृत ज्ञाता भएर राम दाजुभाइ का नजिकमा गएर अनुसन्धान गर्छन् । सुग्रीव भेट्न आएका भन्ने बुझेपछी हनुमानले दुई दाजु भाइलाइ काधमा बोकेर माथी पर्वतमा पुर्‍याउछन् ।

माथी सुग्रीवले स्वागत गर्छन - मित्र बन्छन् र बालीलाइ मारेर किस्कन्ध राज्य दिलाउने वचन दिन्छन् ।

कहानी सुग्रीवबाट :

बाली र सुग्रीव दाजु भाइ : राजा बाली युवराज सुग्रीव ,
बाली किस्कन्ध राज्यको राजा हुदा मायावी राक्षस सग स्त्रीको लागी लडाइ - "मायावी" माया राक्षसनीको छोरा र धुन्धुवीको भाइ ,

मायावीले किस्कन्ध द्वारमा आएर लडाइ लड्न खोजेको , बाली र सुग्रीव ले लखेटेका , राक्षस गुफा मा पसेको - राक्षस मार्न बाली पसेको , भाइलाइ द्वारमा पहरेदार राखेको - एक वर्ष सम्म नफर्किएको , पछि गुफाबाट आवाज र रगत निस्केको , सुग्रीवलाइ दाजु मरे भन्ने लागेको , राक्षसले आक्रमण नगरोस भनेर गुफाको मुखमा ठूलो ढुङ्गाले थुनेको ,
किस्कन्धा राज्य फर्केको - मन्त्रीमन्डलले राजा बनाएको ।

तर बाली नमरेको - राक्षस मरेको - बाली फर्केर भाइलाइ कुटेको , मार्ने आदेश देको - जति बिन्ती गर्दा पनि नमानेको - सुग्रीवकी पत्नी रुमालाई आफ्नै लागि राखेको - भाइका हितैसीलाइ कैद गरेको

सुग्रीव भागेर उक्त पर्वतमा पुगेको - उक्त ऋष्ययुक पर्वतमा बाली पुग्न नसक्ने श्राप मतंग ऋषिले दिएका ( कारण : धुन्धुवी(केटो ) लाइ मारेर फ्याक्दा खेरी मतंद ऋषिको आश्रममा रगत पुगेको - ध्यान दिएर हेर्दा बालीले मारेको हुनु - अनि मेरो आश्रम भएको स्थानमा आए जलेर भस्म हुने श्राप दिनु )

त्यसै कारणले सुग्रीव बाचेको - गुप्तचर पठाइरहने ।

---

बालीकी श्रीमती तारा र छोरा अंगद सहित किस्कन्ध राज्यमा राज गरिरहेका । बाली लाई मार्ने र किस्किन्धा राज्य सुग्रीवलाइ दिने भएपछी सुग्रीवले बालिको बल रामलाइ बताउछन् ।

(अनिल)आगो पानी पृथ्वी हावा( अनल )  को सबै शक्ति उस्को शरिरमा छ । समुन्द्र मंन्थनको बेला एक्लैले मन्दराचल पर्वत उचालेको थियो । उसग बरदान यस्तो छ कि जो उसग युद्ध गर्न जान्छ त्यसैको आधा बल बालीलाइ जानेछ । सुर्योदयभन्दा पहिले उ पश्चिम समुन्द्र देखी पूर्व समुन्द्र सम्म - दक्षिण सागर देखि उत्तर सागर सम्म घुमिसक्छ । उसलाइ थकान हुदैन । आठै दिशाको अन्तसम्म पुगेर उ पुजा गर्छ ।

बाली र धुन्धुवीको युद्ध  ( भैंसी रुपको राक्षस )
धुन्धुवीले सागरलाइ युद्ध र चुनौती दिएको - सागरले तिम्रो बराबरको उत्तरतर्फ हिमवान पर्वत छ उसग लड भनेर पठाको - हिमवानले सक्दिन भनेर दक्षिणतर्फ बाली सग लड्न पठाको - बालीले मारेको र घुमाएर फ्याकेको - हड्डिले चट्टान बनेको, palm tree नरिवल ) सात ओटा बनेका ।

रामले सबै नरिवलका रुख एकै बाणले लडाउछन् - धुन्धुवीको अस्थिपन्जर पनि एकै प्रहारले फ्याकिदिन्छन् ।

सुग्रीव र बालीको लडाइ हुन्छ । रामले लुकेर वाण हान्न खोज्छन् तर दुबै जना एउटै किसिमका भएका कारण  चिन्दैनन् - अनि अर्को युद्धमा सुग्रीवले फूलको माला लगाउछ्न् । अनि बाली लाई चिनेर रामले एक वाणले भुइमा गिराउछन् ।

राम र बालीको बार्तालापमा - पहिला बालिले रामलाइ निन्दा गर्छ - रामले मर्यादापूर्वक आफ्नो कारण र राजा भएर दण्ड दिएको भनेपछी बाली रामको चरणमा गिर्छ ।
रामले बालिलाइ बचाइ दिन्छु भन्दा बाली ले बाच्न खोज्दैन । " जीवन त लाखौँ पाइन्छ तर रामको हातबाट यस्तो अपूर्व मरण पाइदैन भनेर उ मर्न चाहन्छ " । त्यसपछी राजा सुग्रीव हुन्छन् । रामले मुकुट लगाइदिन्छन् ।

-----

रामले सुग्रीवलाइ सिकाएका - चार महिना सीता खोज्न वानर प्रयोग नगरिने ( वर्षा भएकाले ).

सीता आफ्नो तरिकाले त्रसित हुँदै जीवनयापन गर्दै -
राजा सुग्रीव भोजबिलासमा ब्यस्त भएका - राम दाजु भाइलाइ चिन्ता ।
लक्ष्मण लाई किस्किन्धा पठाएका -
खबर बुझेका - सुग्रीव राज्यले काम गर्दै गरेको
सुग्रीवले सबैलाइ चारै दिशामा सीता खोज्न पठाएका
हनुमान र अंगद ( बाली पुत्र ) दक्षिण तर्फ गएका ।

सीता भेटेपछी औँठी दिनु भनेर अह्राएका - औँठी लिएर हनुमान खोज्न हिडेका



जाम्बवंत हनुमान नल नील लगायतका निकै वानर सेना सहित युवराज अंगदको नेतृत्वमा यात्रा दक्षिणतर्फ लाग्छन् । बाटो भट्किएर एउटा गुफामा पुग्छन् । जहाँ एक जना तपस्वीनी ( स्वयंप्रभा ) हुन्छिन् । ( कहानी : मय दानव हेमा नामक  स्त्री सग आसक्त हुदा इन्द्रले बज्र प्रहार गरेर मारेका र उक्त स्थान हेमा लाई दिएको )

उनले वानर लाई खाना र पानी खान दिन्छिन् र महासागर सम्मको बाटो निकालिदिन्छिन् । सितालाइ नभेटेर हार मानेका वानर टोली सागरको किनारमा ज्यान छोड्ने कसम खान्छन् । नजिकैको पहाडमा एउटा गिद्ध सग बातचित हुन्छ । जटायु नामको उच्चारण सुनेर उक्त गिद्धले सबै कहानी सोध्छ - सबै कहानी सुनिसकेपछी थाहा हुन्छ कि उक्त गिद्ध - जटायुको दाइ हुन्छ - सम्पाती ।

( कहानी : सम्पाती र जटायु आफ्नो बलको घमण्डले सुर्य छोएर आउने भनी सुर्यको नजिक जान खोज्छन् । अधिक तेजको कारणले उसको पखेटा जल्छन् र उक्त पहाडमा खस्छन् तर जटायुलाइ भने आफ्ना पखेटाले जोगाएर हुत्याइदिन्छन् )

सम्पातीले आफ्नो भाइको क्रीया गर्छ। सम्पातीले नै सीता लाई दक्षिण तर्फ लगेको छ भनेर भन्दिन्छ र गिद्धका आखाले हेर्दा 400 कोस पर एउटा सुनको नगरी छ । त्यहा सितालाइ रावणले बृक्षको फेदमा राखेको छ भनेर भनिदिन्छ ।

उक्त समुन्द्र पार गरेर जाने हिम्मत कसैको हुदैन । तैपनी अंगदले जान त सक्छु फर्किन सक्दिन भन्ने बक्तव्य दिएपछी  जाम्बबंतले हनुमानको श्राप सुनाइदिन्छन्।

पवनपुत्र हनुमान सानामा आफ्नो बलको कारणले सबै तपस्वीहरुलाइ दुख दिने गर्दथे - त्यसै क्रममा एउटा ऋषिले दिएको श्राप अनुसार हनुमानले आफ्नो सबै ज्ञान भुलेका थिए  । तर आवश्यक परेको खण्डमा कसैले याद गराइदिएमा याद हुने थियो । त्यसपछी हनुमान आफ्नो ज्ञानको भारी बोकेर लंका तर्फ प्रस्थान गर्छन ।

लंकाको अशोक वाटिकको एउटा वृक्षको फेदमा बसेकी सीता भेट्छन् हनुमानले । रुखमा लुकेर हनुमानले रावणको अत्याचार देख्छन् । रावणले मर्जीले मलाइ प्रेम नगरुन्जेल म तँलाइ छुन्न भन्छ । सिताको वचन खप्न नसकेर चन्द्रहास खड्ग उचालेर हान्न लाग्दा सिताले घासको टुक्रो जलेर भस्म हुने डर देखाउछिन् । सिताको पतिब्रताको प्रभावले रावण पत्नी मन्दोदरीले रावणलाइ रोक्छिन् ।



उता हनुमानले रामले पठाएको औठी दिएपछी हनुमान लाई श्रीरामको दुत भनेर चिन्छिन् । हनुमान भोक लागेको र रावणको सेनाको बल जाच्न अशोक वाटिकाको वृक्ष मास्न लाग्छन् । वाटिकाका सेनाले आक्रमण गर्छन् र हनुमानले सबै सैनिकलाइ परास्त गर्छन । एउटा बानरको उपद्रवको राज समक्ष पेश हुन्छ । रावणले छोरो अक्षय कुमारलाइ बानरको बिरुद्धमा लडाइ लड्न पठाउछ तर हनुमानले उक्त अक्षयकुमारको हत्या गर्दिन्छन् ।

अक्षय कुमारको हत्यापछी इन्द्रजित आफ्नो भाइको बदला लिन बाटिकामा आएर युद्ध गर्न लाग्छ- निकै अस्त्रले केही गर्न सक्दैन त्यसपछी ब्रम्हास्त्र छोड्छ - हनुमानले ब्रम्हास्त्र चिनेर आफैँ बाधिएर रावण समक्ष उपस्थित हुन्छन् ।


रावण र रामको बातचित घमासान हुन्छ । जिब्रो काट्ने आदेशलाइ रोकेर सबै बृतान्त ( रामको दुत भन्ने सुनाउछन् ) , अनि दुतलाइ मार्ने नियम छैन भनेर विभिषणको अनुरोधमा  हनुमान ( बानरको )पुच्छर जलाउने आदेश प्राप्त हुन्छ !


जति तेलको पोछा पुच्छर मा बाध्न लाग्यो त्यति पुच्छर लामो हुन्छ । त्यसपछी पुच्छरमा आगो लाग्ने बित्तिकै उनी हावामा उड्छन र सबै लंकालाई दहन गर्छन। विभिषणको घर बाहेक सबै सबै जल्छ । पछि रावणले विश्वकर्माको अनुरोधमा सबै बनाउने आज्ञा दिन्छ।

त्यसपछी सितासग चिनो लिएर उनी रामको लागि प्रस्थान गर्छन् । ( इन्द्रको छोरा जयन्त - कागको रुप लिएर सितालाइ खुट्टामा ठुंदा र दुख दिदा रामले कुशको सिन्का फुकेर वाण छोडेर उक्त कागको एउटा आखो फुटाएका हुन्छन् र यो कहानी राम सितालाइ मात्र थाहा हुन्छ ) यो विवरणले सीता भेटेको पक्का हुन्छ ।

हनुमान फर्किएर रामलाइ भेट्छन सीता भेटेको खबर सुनाउछ्न् - चिनो दिन्छन् सुनाउछन् । रामले निकै पीर प्रकट गर्छन् । सुग्रीवले सबै वानर र सेनालाइ अनुमती दिन्छन । राम आफैले सेनापती भएको बताउछन । निलले अगाडि सेनालाइ बाटो देखाउने जिम्मा लिन्छन् - सुग्रीव हनुमान राम लक्ष्मण जाम्बबंत बिचमा बसेर लंकातर्फ प्रस्थान गर्छन् । महासागर नजिक पुग्छन र दण्डवत गर्छन् ।

रावणलाइ आफ्नो गल्ती नदोहोर्‍याउन मन्दोदरीले निकै प्रयाश गर्छिन तर पनि असफल हुन्छिन् । रावण आफ्नो घमन्डले उन्मत्त हुन्छ ।

त्रीजटाले रामको आगमन सागरको छेउमा भएको सुनाउछिन , सिताले ढुक्कको श्वास फेर्न लाग्छिन् ।

रावणलाइ डर हुन्छ र आफ्ना सुचकको जानकारी लिएर सभामा राम बिरुद्ध कसरी सफलता प्राप्त गर्न सकिन्छ भनेर  सल्लाह हुन्छ । विभिषणले सितालाइ इज्जतसाथ फर्काउन अनुरोध गर्छन् तर रावण लगायत सबैले विरोध गर्छन् । रावणले भरिएको सभामा बेइजत गरेर लात्ताले हानेर बहिर्गमन गर्छन् । आफ्नो अपमान भएपनी रावणको सद्बुद्धिको कामना कामना गर्दै उनी रावणका लागि मरेको र लंका छोडेर जाने बाचा गरेर सभाबाट विदा हुन्छन् ।



आफ्ना प्रजाको प्रेमले विभिषण बिचलन हुन्छन् । आफ्ना निर्दोष सेनालाइ बचाउन रामसग गएर अनुरोध गर्ने निर्णय गर्छन् ।  र सल्लाह लिन आफ्नी आमा कैकेशीको साथ पुग्छन् ।

आमाले पनि आफ्ना पति भिस्रवले भनेको कहानी सुनाउछिन् । भिस्रवले दरबार छोडेर जाने बेलामा भनेका " रावणको पतनको सुरुवाती समय आइसकेको र कान्छो छोरा विभिषणले प्रजाको रक्षा गर्छ " आमाको आग्रह र आफ्ना साथी मन्त्री सहित उनी रामको शरणमा जान्छन् । विभिषण आएको देखेर गुप्तचर आएको आशंकामा रामसग मिल्न नदिने भन्छन सुग्रीवले ।

पछि हनुमानले रामको भक्त भनिसकेपछी रामलाइ भेट्न दिइन्छ  । रामले विभिषणको वृतान्त जानी सकेपछी रावणको अन्त्य गरिसकेपछी सबै राज्य विभिषणको नाममा राज्य दिने भनेर सागर( सबै तिर्थको जलले ) अभिषेक गराउछन् । ।



रामको खबर रावण समक्ष एउटा गुप्तचर मन्त्रीले पठाइरहेको हुन्छ । रावणले सुग्रीवलाइ जालमा फसाएर रामको साथ छोड्न आग्रह गर्छ तर सुग्रीवले कुनै पनि हालतमा मान्दैनन् । विभिषणले अझै रावणलाइ रामको शरणमा आउन दुतमार्फत आग्रह गर्छन् । यो प्रयाश पनि सफल हुन सक्दैन् ।

रामको पक्षमा विभिषण आएपछी - समुद्र राक्षस दलले मात्र उडेर तर्न सक्ने हुन्छ्न भनेर बताउछन् । त्यत्रो किस्किन्धा जवान कसरी लंका लैजाने भनेर राम दोधारमा पर्छन् ।

आफ्नै पूर्वज सगरको कृपाले बनेको महासागरको उपासना गरेर - मार्ग खोजेर सेना तार्ने रामको योजना स्वरुप राम सागरको उपासनाको लागि जल आहारको त्याग गरेर स्तुतीमा ब्यस्त हुन्छन् ।

उता त्रिजटाले सितालाइ रामको खबर सुनाउदा सीता ब्याकुल हुन्छिन् र आफू पनि आहार छोड्ने हटमा पुग्छिन् ।

---

उता नन्दिग्राममा पुगेर माता कौशिल्याले भरत सामु पुगेर राम संकटमा परेको र सीता पनि सगैँ नभएको सपना देखेको कुरा सुनाउछिन् ।

उता तीन दिन सम्मको आराधान पछि पनि महासागर प्रकट नभएपछी राम क्रोधमा ध्यान भंग गर्छन् । जहाँ माया छैन त्यहा डर पनि छैन भन्ने मनसायले सागरलाइ निन्दा गर्छन् । रामले आफ्नो धनुषले ब्रम्हास्त्र वाण प्रहार गर्न लाग्दा - सागर राज विनय भावमा क्षमायाचना गर्दै प्रकट हुन्छन् र रामको चरणमा पर्छन् ।

पाँच तत्व मध्य पानी एक भएकाले ब्रमास्त्र प्रयोग गरेर धर्तीको बिनास नगर्न अनुरोध गर्दा रामले प्रसन्न भएर सागर तर्ने उपाय सुझाउन भन्छन् ।


सागरले नल र निलको कहानी बताउछन् । सानोमा छुद्र नल र निललाइ ऋषिको श्राप परेको जो भगवान विश्वकर्मा का सुपुत्र पनि हुन् । ( ऋषिको सामान जथाभावी फ्याक्ने भएकाले नल र नीलले जति फ्याकेका सामानहरु समुद्रमा सबै उत्रनेछन् - केही पनि डुब्ने छैनन् । यसै श्रापलाइ प्रयोग गरेर सागर तर्न महासागरले सुझाउछन्।

धनुषमा राखेको वाण प्रयोग नगरी फर्किदैन भनेर रामले उक्त वाण कता प्रहार गरौँ भनेर सागरसग सोध्छन् - सागरले उत्तरतर्फ ध्रुमकल्य नामको पावन भुमीमा राक्षसले मेरो जल मुहान लाई दुरुपयोग गरेको त्यही प्रहार गर्नु भनेर अनुरोध गर्दा रामले उक्त भुमी मरुस्थल बन्ने तर जडिबुटी पाइने छ भनेर वाण संधान गर्छन् ।

नल र निललाइ आफ्ना मातापिताको बन्धनको अनुसार आफ्नो कौशल र गुण आफैँ नभन्ने कारणले आफ्नो कौशलता नसुनाएको बताउछन् ।  त्यसपछी नल र निलले पुल बनाउन सहयोग गर्छन् ।




यो खबर रावणको लंकामा फैलिन्छ र रावण ससंकित हुन्छ । त्रिजटाले सितालाइ यो कहानी सुनाउछिन् र खुशिले पुलकित हुन्छिन् । रामले शिवको पुजा गर्नको लागि एउटा शिवलिंग स्थापना गर्छन् निकै सन्तहरुको उपस्थितीमा ।

नल र नीलको सहयोगमा समुन्द्रमा सेतुको निर्माण हुन्छ - राम आफ्नो यथाभक्तिले आफ्ना इष्टदेव श्रीशिवको स्तुति गर्छन् । उक्त शिवलिंगको नाम रामेश्वर रहन गयो । जो रामको ईश्वर हो त्यो रामेश्वर हो - उनै शिव हुन् ।

हरहर महादेवको जप गर्दै रामले प्रथम पाइला टेक्छन् । मात्रै पाँच दिनमा पुल निर्माण गरेको अपूर्व घटनाले रावण तर्दिन्छ । राम लंका पुग्नु अघिनै सीता मेरी हुनुपर्छ भन्ने लंकेशले ठान्छ ।

रामको हत्या गरिदिएको र तिम्रो धर्म सकिएको र मलाइ पति स्विकार भनेर रावणले रामको शिर दिन्छ ।सीताले रामको लागि ज्यान दिने निर्णय गर्छिन् । रावण महत्वपूर्ण कार्यको लागि दरबारमा गएपछी रामको शिर हराउछ । रामको मायावी शिर बनाएर रावणले सिता लाई भ्रममा राख्छ ।

राम लंका आइसकेपछी सबै कुटी बनाउन लाग्छन् - विभिषणको सल्लाह अनुसार सबैले कुटी बनाउछन् ।
रानेर मन्दोदरीका कानका कुन्डल र रावणको मुकुट धपधप बलेर कृत्रिम चन्द्रमाको भान भैरहेको हुन्छ ।

रामले एउटा वाण प्रहार रावणको मुकुट खसाइदिन्छन् । र राम लंका प्रवेश गरेको सुचना दिन्छन् ।
रामको ब्युह रचनाको बारेमा गुप्तचर शुक र सारनलाई चियो गर्न पठाउछन् । तर विभिषणले चिन्छन् र रामको अगाडि उपस्थित गराउछन् । सबैले गुप्तचरलाई मार्ने मत दिए पनि रामले दण्ड नदिने र मुक्त दिने सल्लाह दिन्छन् ।

रामको गुणगान सुनाउदै रामले जिन्दगी मुक्त दिएको कुरा सुनाउछन् । सैनिकको उत्साह योग्य भएको बताउछन् र त्रिकुट भवनबाट योद्धा चिनाउन जान्छन् । सारन र शुकले सबै योद्धा चिनाउछन् - सबै देवताका पुत्रहरु भएको सेना देखाए पनि रावणले सबैको खिल्ली उडाउछ ।

दानवराज मय आफ्नी छोरी मन्दोदरी भेट्न लंकामा आएको हुन्छ। छोरीले रावणालाइ यो दशा बाट मुक्त गराउन अनुरोध गर्छिन् । म प्रयाश गर्छु तर सफल हुने आशा भने मयमा हुदैन। आफ्नै मावली हजुरबा माल्यवनको रामसग सन्धी गर्ने अनुरोध त्याग्दै रावणले युद्ध गर्ने निर्णय गर्छ।

त्यसैगरी रामलाइ लंकापुरी देखाउन विभिषणले उचाइमा लान्छन् र लंका देखाउछन् । राम लगायतला समुहले रावणसहित लंका देख्छन् र  सुग्रीव तत्काल रावणको हत्या गर्न लंका जान्छन् र उक्त त्रिकुट भवनमा द्वन्द्व गर्छन् । जित्नै लाग्दा रावणले आफ्नो माया पर्योग गरि सुग्रीवलाइ हराउछ । र  सुग्रीव भागेर रामको शरणमा पुग्छन्  ।

यता रावणले रामसग युद्ध गर्नको लागि पूर्वी द्वारमा पुत्र प्रहस्थ, दक्षिण द्वारमा महापार्शु र महोदर , पश्चिमी द्वार इन्द्रजित र उत्तर मा पराक्रमी बानर सहित रावण बस्ने निर्णय गरायो  । रामले पनि प्रहस्थ संग लड्न नील , इन्दजित सग लड्न हनुमान , अंगद महापार्शु र महोदरको विरुद्ध र राम लक्ष्मण रावण विरुद्ध लड्ने योजना हुन्छ ।

जाम्वबन्त , सुग्रीव  र  विभिषण लगायतका सेना मोर्चाको बिचमा बस्ने जसले सबैतिर हेर्ने । सेनाको अन्तिम टुक्रा - लक्ष्मणको आदेश पालना गर्ने गरि कुटीमा बस्ने । राम लक्ष्मण विभिषण ( चार मन्त्री ) = ७ जना मात्र मानव रुप र अरु सबै वानर रुपमा ।

रामले एकपटक रावणलाइ र प्रजा जोगाउने किसिमले प्रस्ताव राख्छन् । यदी रावणले जानकीलाइ ससम्मान रामको शरण मा छोड्ने र रामको शरणमा पर्ने हो भने रामले रावणलाइ मुक्ती दिने भन्ने शान्तिको प्रस्ताव लिएर रावणको दरबारमा किस्किन्धा युवराज अंगद जान्छन् ।

त्यहा उनले रामको सौर्य र गुणगान आउछन् - रावणलाइ सम्झाउछन् तरपनी उसले स्विकार गर्दैन । अतिथीलाइ बस्ने आसन नदिएको निउमा अंगदले आफ्नै पुच्छरको लम्बाइ बढाएर आसन बनाउछन् । रावणले सबै शान्ती प्रस्तावलाइ अस्विकार गर्छ । अंगदलाई आफ्नो पक्षमा लाग्न भन्दा अंगदले सबै अस्विकार गर्छन । अंगदलाइ मार्ने आदेश दिदा उनले आफ्नो खुट्टा मात्र कसैले हल्लाउन सके राम सहित फर्किने बाचा गर्छन् अंगदले । शुक सारन लगायत इन्द्रजित जस्ता विरले पनि उनको खुट्टा हल्लाउन सक्दैनन्। रावण खुट्टा हल्लाउन अंगदको पासमा आउदा अंगदले रावणको मुकुट खोसेर रामको चरण तिर फ्याक्छन् । मेरो चरण छुनु भन्दा रामको चरण छुनु भन्दै त्यहाबाट रामको टोली तर्फ प्रस्थान गर्छन् ।


एक रातको समय दिदै अंगद फर्किएपछी , रावणकी माता कैकेसीले , ससुरा - मयले  र हजुरबुबा माल्यवन र पत्नी मन्दोदरीले रामको शरणमा गएर दोषमुक्त हुन भन्दा रावण अहंकारले मान्दैन ।

रावणले युद्ध गर्ने निश्चय गरिसकेपछी सबै देवता ऋषि हरु सुखद क्षणको कल्पना गरिरहन्छन् ।

=====
राम र रावणको युद्ध निश्चित भैसकेपछी अब युद्धको सुरुवात हुन्छ । लंकाको मुख्य द्वारका ढोकाहरु वानर सेनाले सबै फुटाउछन् ।

सुग्रीवले एउटा राक्षस लाई मार्छन् । लडाइकै क्रममा लक्ष्मणले रावणको पुत्र प्रहस्थ लाई मार्छन् - हनुमानले दुर्मुख लगायतका राक्षसलाई मार्छन ।

रावणको भाइ खरको छोरो मकराक्ष आफ्नो पिताको बदला लिन र आमाको वचन पूरा गर्न रामको मस्तक लिन रामसग युद्ध गर्न चाहन्छन् । लक्ष्मणले मार्छु भन्दा रामले मै मार्छु भन्छन् र आफ्नो मस्तक आफ्नो शेषपछी लक्ष्मणलाइ दान दिनु भनेर भन्छन् । मकराक्ष ले वायु र जल लाई अधिनमा राखेको हुन्छ । वायु र बरुणको आराधाना गरेर रामले वाण प्रहार गर्छन् । मायावी ज्ञानले निकै एउटै रुप लिन्छ । विभिषणले मायावी रुपबाट रगत आउदैन तर साच्चै मकराक्षबाट रगत आउँछ भन्छन् र चिनेर मारिदिन्छन् ।


त्यसपछी श्रीरामले मकराक्षलाइ प्रणाम गर्छन् । उता मकराक्ष को मृत्यु सुनेर रावण आकुलब्याकुल हुन्छ । निर्लज्ज हुन्छ । त्यसको बदला लिन रावण राम सगं युद्ध गर्न जान्छ । लक्ष्मण सग युद्ध हुन्छ । लक्ष्मण लाई रावणले हराउछ र रामसग युद्ध गर्दा रामले रथ भाचेर - धनुस भाचेर निसस्त्र गराइदिन्छन् र निर्लज्ज बनाइदिन्छन् ।

उता त्रीजटाले सबै घटना सितालाइ सुनाउछिन् - सीता खुसी र दुखी हुन्छिन् । रावणलाइ माल्यवन् हजुरबाले सम्झाइरहन्छन् तर पछि नहट्न भन्छन् । रावणले अवस्थाको मूल्यांकन गर्दै कुम्भकर्णलाइ उठाउछन् ।


कुम्भकर्ण - वीर योद्धा हुन्छ। विराट शरीर खाना निकै खाने - जन्मजात नै त्यस्तो  । ब्रम्हाको वरदानले 6 महिना सुत्ने अनि एक दिन उठ्ने अनि 6 महिना सुत्ने हुन्छ । कुम्भकर्ण उठेर सबै वृतान्त सुन्छ र रावणलाइ आफ्नो गल्ती भएको बताउछ । निकै समय रामको गुणगान गाएपछी रावणले कुम्भकर्णलाइ तँ गएर सुत अब भन्छ। आफ्नो दाजुको लागि युद्ध त गर्छु तर आफ्नो स्त्रीभोगको लागि जनताको कष्ट भएको बताउछन् ।
" यदी म मरे भने यो बुझ्नु कि राघव लाई कसैले पनि मार्न सक्दैन " = कुम्भकर्ण


कुम्भकर्ण लडाइमा जान्छ - । विभिषणले सबै कुरा कुम्भकर्नलाइ भन्छ - युद्ध त्यागिदिनुस् भनेर तर कुम्भकर्णले मान्दैन । आफ्नो पट्टी आउनु भन्दा पनि मान्दैन । सबै सग युद्ध गर्छ । वानर सेनालाइ कुल्चेर मार्छ । लक्ष्मणलाइ त्रिशूल प्रहार गर्छ - सुग्रीवले त्रिसुल भाचिदिन्छन् । कुम्भकर्ण एक वीर योद्धा भएको र ब्रम्हाको आशिष् भएकाले मैले नै मार्नु पर्छ भनेर रामले - युद्ध गर्छन्। पहिला रामले बायाँ भुजा त्यसपछी दायाँ भुजा - त्यसपछी शिर र त्यसपछी जिउ काटेर हत्या गर्छन् ।



कुम्भकर्णको हत्या भएको रावणले पत्याउदैन - तर वास्तबिकता त्यै हो  ।

त्यसपछी रावणकी दोस्री पत्नी धान्यमालिनी  सुपुत्र अतिकाय ( Atikay ) लगायत Trisara , देवन्तक र नारयन्तक सबै क्रोधले भरिएर युद्ध गर्न जान्छन् ।

लडाइ विराट हुन्छ । Laxman सग युद्ध गर्न Atikay  ले भन्छ र घोर संग्राम पछि Laxman ले वायुको अनुरोधमा ब्रम्हास्त्र प्रयोग गरेर मारिदिन्छन् । उता आमा धान्यमालिनी पुत्रशोकमा डुब्छिन् ।

[ कहानी :
सत्ययुगमा मधु र कैटभ नामक दैत्य नारायण लाई दुख दिन जादा नारायणले कपट गरि वरदान माग्दा - तिमिहरुलाइ मार्न पाऔँ भनेपछी मधु र कैटभले तिम्रो काखमा मार भनेपछी नारायणले मारेका ।

मधु पछि कुम्भकर्ण भएको र कैटभ अतिकाय भएको । ]

नारन्तकलाइ , अकम्पन ,निकुम्भ लाई ,अंगदले - हनुमानले त्रीसरा र देवन्तकलाइ , सुग्रीवले कुम्भ दैत्यलाइ मार्छन ।विभिषण जनताको अवस्था देखेर दुखी हुन्छन् ।

क्रोधले भरिएको इन्द्रजित - आफ्नो पिताको क्रोध र निराशालाइ घटाउन खोज्छ । रावणले पातालको भाइ ऐरावनलाई बोलाउन खोज्दा इन्द्रजित पर्दैन भन्छ र लडाइको लागि तयार हुन्छ ।

रामको हत्या गर्ने व्रत लिएर इन्द्रजित लडाइ गर्न जान्छ । उता सुलोचना ( मेघनाथकी श्रीमती ) लाई यो घटना सुनाउन जान्छिन् । त्रिजटा सबै घटना सितालाइ सुनाइरहन्छिन् ।

सुलोचना - ( शेषनाग कि पुत्री ) र आफ्नी माता सग बिदा भएर इन्द्रजित तयार हुन्छ । ध्यान गरेर उसले सबै अस्त्र आर्जन गर्छ ।

लडाइ लड्न जान्छ । बाटोमा सुग्रीवले युद्ध गर्न चाहन्छन् - सुग्रीवलाइ हराउछ ,पछि अंगद जान्छन तिनलाइ पनि हराउछ । त्यसपछी लक्ष्मण सग युद्ध गर्छन् - बरोबर युद्ध हुन्छ । कोही पछाडी हट्न खोज्दैनन् - अन्तत साझ पर्छ । आगो पानी तेज सबै युद्ध लड्छन् । हारजित हुदैन । राम पनि युद्ध स्थलमा जान्छन् । सुर्यास्तपछी मायावी शक्ति चारगुणा वृद्धि हुन्छ मेघनाथमा । आकाशमा गएर अदृश्य भएर नागपास प्रहार गर्छ राम दाजु भाइमा । नाग पासमा बाधिएर जीवन मरणको दोसाधमा दुबै जना अचेत अवस्थामा लड्छन् ।



निकम्बला कुल माताको आश्रममा बसेर इन्द्रजितले निकै कुरा आर्जन गर्छ । शुक्रचार्यको विशेष शिक्षाको कारणले र निकम्बला कुलमाताको प्रसन्नताले निकै अस्त्र रथ धनुष पाउछ ।

उता विजय भएको खुसियालीमा मेघनाथलाइ रावणले हौसला अझै बढाउछ । मेघनाथ पनि प्रसन्न हुन्छ । यता किस्किन्धा जनमा निराश छाउछ । सबैले विलाप गर्छन्  पीर पोख्छन् । रामको लागि लंका हराउने कुरामा सबै पछि पर्छन् । नागपास फुकाउने कार्य कसैको लागि पनि सरल हुदैन । त्यही बेलामा हनुमान नजिक हुदैनन् । खोजी हुन्छ - हनुमान पन्छिराज गरुढ लिन देवलोक पुगेका हुन्छन् । जसरी भएपनी हनुमानले सम्झाएर ल्याउछन् - आउछन् र नागपासबाट मुक्त बनाएर फर्किन्छन् । सजग हुन अनुरोध पनि गर्छन् । यता राम लक्ष्मण ब्युझुएपछी उत्साह छाउछ र गर्जन सीताले पनि सुन्छिन् र जिवितै छन् भन्ने उत्साहमा पर्खिन्छिन् । 
====

मेघनाथ लगायतका लंकावासी हरु राम लक्ष्मण बाचेको खबरले स्तब्ध हुन्छ । मेघनाथ आश्चर्यमा पुग्छ । गुप्तचर शुक सारनबाट थाहा पाउछ कि गरुडको सहायताले बाचेँको भनेर । 

अर्को दिन इन्द्रजित युद्ध गर्न जान्छ ।लक्ष्मणलाइ आवेसमा ल्याउने प्रयाश गर्छ । हनुमान लगायतले बाटोमा लडाइ गर्छन् । हनुमान  लगायत लाई परास्त गरेर मेघनाथ लक्ष्मण सग युद्ध लड्न जान्छ । दुबै बिच निकै ठूलो युद्ध हुन्छ। मेघनाथले आफ्नो माया विद्या गर्छ । आकाशमा उड्छ र अदृश्य भएर युद्ध गर्छ । लक्ष्मणले रामसग ब्रम्हास्त्र प्रयोग गर्न अनुमती माग्छन् , रामले नकार्छन । लक्ष्मण फेरि युद्ध गर्न जान्छन् । भीषण युद्ध हुन्छ - युद्धको क्रममा मेघनाथले "शक्ति" प्रहार गर्छ । शक्ति  प्रहारकै कारणले लक्ष्मण बेहोस हुन्छ्न् । घात गरेर प्रहार गरेर भएपनि मेघनाथले यो लडाइ जित्छ । आफ्नै राज्यमा लगेर आफ्ना पीतालाइ भेट दिन खोज्छ । शक्ति प्रहारको प्रभावले र लक्ष्मणको तेजको प्रभावले जमिनबाट उठाउन सक्दैन , हनुमानले मेघनाथलाइ हुत्याउछन र लक्ष्मणलाइ उठाएर रामको छेउमा लान्छन् ।




लक्ष्मणलाइ त्यस्तो घात पारेको देखेर राम बिरक्त हुन्छन् । सबै वानर सेना बिरक्त हुन्छन् । मेघनाथले घोर तपस्या गरेर प्राप्त गरेको थियो र जसको प्रहारबाट बच्न लगभग मुस्किल थियो । उता रावणलाइ लक्ष्मणको लास भेट गर्न नसकेको भएपनी छोराको उक्त सौर्यले रावण गदगद हुन्छ - रावणले रामलाइ मारेर मेघनाथलाइ अयोध्याको राजा बनाउने आश्वासन दिन्छ । 

लक्ष्मणको दुर्दशा देखेर राम यता जिउदो लास बनेका छन् । सबैले बिलौना गरेका । त्रीजटाले पनि लक्ष्मण लाई अचेत बनाएको खबर सीतालाई सुनाइन् - सीता पनि अत्यन्तै बिनय भावले रुन लागिन् । 

उपाय खोज्ने क्रममा, विभिषणले रामलाइ सुसेन वैद्यको बारेमा सुनाए । सुसेन लंकेशका राज वैद्य हुन् । उनलाइ लिएर आउन पनि निकै मुस्किल छ- सिपाहिको घेराबाट त्यति टाढा जानू पर्ने । मुस्किलको चौघेरामा उभिएर हनुमानले सुसेनलाइ ल्याउने बाचा गर्छन्र र रामको आशीर्वाद लिएर हनुमान जान्छन् । अत्यन्तै सानो आकार बनाएर उनी वैद्यमहल भित्र छिर्छन ! 

सुषेण वैद्यले हनुमानलाइ चिनेर पनि जान मान्दैनन् - हनुमानले आफ्नी आकार बढाएर महल नै उठाएर उड्दै रामको छेउमा आउछन् । वैद्यले शत्रुको बिमार हेर्दिन भनेर सेवाधर्म र राजधर्मको दोधारमा काम नगर्ने भन्छन् । रामको अत्यन्तै सहज स्वभावले विनय भावले उनलाइ विनम्र अनुरोध गर्छन् ।  विभिषणले पनि रोगिको सेवा गर्ने तपाइको धर्म हो भनेर भन्छन् अनि वैद्यले लक्ष्मणलाइ जाँच गर्छन् । नाडी र मुटुको चाल  सुनेर लक्ष्मणको अन्तिम अव्स्था रहेको र एक रात मात्र उनको धड्कन रहने बताउछन् । यसको उपचार सोध्दा - सुषेणनले मसग यस्को वनस्पती नभएको बताउछन् । उत्तरमा हिमालय मा कैलाश पर्वत र रिसभ पर्वतको बीचमा एउटा पर्वतमा चार किसिमका वनस्पतिहरु पाइन्छन् । यदी बिहान सुर्योदय भन्दा अघि कसैले उक्त वनस्पती ल्याउन सक्यी भने मात्र लक्ष्मणको ज्यान बच्ने बताउछन् ।

सागरभन्दा 400 कोष दुर टाढा बसेर - हिमालयको शिखरमा पुगेर जडिबुटी ल्याउने कुरा - त्यो पनि एक रातमा - असम्भव । जस्तै थियो । रामले असम्भव हुन्छ भन्दै गर्दा - हनुमान उक्त जडिबुटी १. भिषल्यकारिनी  २. स्वर्णकारीनी ३. सङ्घानी ४. मृत सन्जिवनी 

लक्ष्मणलाइ सन्जिवनी बुटीले मात्र बचाउन सकिन्थ्यो । हनुमान बुटी लिन हिडेको खबरले उता रावणको शहरमा आतंक मच्चियो । उसले कालनेमी राक्षसलाई हनुमान रोक्न वा मार्न आदेश दियो । कालनेमीले नमानेपनी उसले जानै पर्यो । बाटोमा हिमालयको छेउमा कुटि बनायो र साधुको भेषमा बस्यी । बाटोमा तिव्र बेगले उडेका हनुमानलाइ रोक्यो र भन्यो नुहाएर आऊ- छेउको कुन्डमा हनुमान स्नान गर्म गए र नुहाउने क्रममा एक गोहीले उनिमाथी आक्रमण गर्छ । गोहीलाइ मार्छन् र उक्त गोही एउटा सुन्दरी अप्सरामा परिणत हुन्छिन् - उनले एउटा ऋषिको श्रापले म गोहि भएको र हजुरले मारेर म मुक्ती भएँ भन्छिन् र कालनेमीको छलको बारेमा बताउछिन् । नुहाएर गएर हनुमानले कालनेमीलाइ मार्छन् र मर्ने बेला राम राम भन्दै मर्छ ।

 त्यसपछी हनुमान हिमालयमा पुग्छन् - जडीबुटी संरक्षण गर्ने देवतासग अनुमती लिन्छन् र जडिबुटी उठाउन जान्छन् तर चिन्दैनन् । 

एक रातमै लंका पुग्नु पर्ने बाध्यता थियो उनलाइ । आफ्नो आकार बढाउछन् र आफ्नो हत्केलामा उनले जडीबुटीको सबै पर्वत उठाएर उड्छन् । अयोध्याको आकाशमा हिमालय बोकेर उडेको देखेर भरतले हनुमानलाइ खसाल्छन् । उनी रामको सेवक भएको र रामलाइ परेको विपतको बारेमा सुनाउछन । भरत पनि लंका जाने प्रस्ताव राख्छन् तर हनुमान मान्दैनन् । आफ्नो वाणमा सवार गरेर जाने प्रस्ताव हनुमानले स्विकार गर्दैनन् । हनुमान त्यहाबाट लंका तर्फ उड्छन् र पर्वत सहित पुग्छन् । हनुमान आएको देखेर वैद्यले विनय भावले प्रणाम गरेर सन्जिवनीको पत्ता टिप्छन् र पिसेर त्यस्को अमृतरुपी रस लक्ष्मणको मुखमा पिलाइदिन्छन् । सन्जिवनी बुटीको प्रभावले लक्ष्मण जुरुक्क उठ्छ्न र मेघनाथ खोज्न लाग्छन् । हनुमान फेरि उक्त पहाड हिमालय तर्फ पुर्‍याउन आउछन् ।

रामले लक्ष्मणलाइ यथार्थ बताएपछी उनी मत्थर हुन्छन् । उता सिताले यो खबर थाहा पाउछिन् र खुसीले पुलकित हुन्छिन् । 

हनुमानकै प्रभावले राम लक्ष्मणको यो संकट टारिदिएको हुनाले उनलाइ संकटमोचन भनेर रामले उपनाम कायम गरिदिन्छन् । लक्ष्मण फेरि बाचेको खबरले फेरि मेघनाथ आफ्नो वचन पूरा गर्ने ध्ययले आफ्नी कुलमाता निकुम्बला देवीको उपासना गरेर दिब्य रथ र ब्रह्मशिर अस्त्र प्राप्त गर्न जान्छ ।
( मेघनाथले देवराज इन्द्रलाइ जितेर - लंकामा कैद गरेर राखेका हुन्छन् - स्वर्गमा असहज भएपछी ब्रम्हा आफैँ इन्द्रलाई छुटाउन आउछन् - र इन्द्रजितको उपाधी सगै वरदान माग्न भन्दा मेघनाथले अमर वरदान माग्छ - उक्त बरदान दिन नमिल्ने भएपछी माता निकुम्बला देवीको उपासना  र तान्त्रीक यज्ञ गरेको खण्डमा अजय रथ मिल्ने र ब्रम्हशिर अस्त्र प्राप्त गर्ने - जसको प्रयोग गरेर उसले जो कसैलाइ जित्न सक्नेछ । )


 विभिषणले यो खबर थाहा पाएर यदी उक्त उपासना पूर्ण भए मेघनाथलाइ जित्न सकिन्न भनेर - लक्ष्मण लगायत हनुमान अंगद र विभिषण समेतलाइ उक्त उपासना तन्त्र यज्ञ भंग गर्न पठाउछन् । एकदमै छोटो बाटो विभिषणले लिएर जान्छन् र उक्त यज्ञ भंग गर्छन् र युद्धको लागि पिपलको वृक्षको फेदमा लान्छन् । 

विभिषणलाइ मार्ने हेतुले उसले यम अस्त्र जोगाएर राखेको हुन्छ तर लक्ष्मणलाइ उक्त अस्त्रको प्रहार रोक्ने अस्त्रको बारेमा कुबेरले पहिला नै बताएका हुन्छन् । कुलद्रोही भन्दै विभिषणलाई मार्न नसकेपछी लक्ष्मणलाइ मार्न उसले पहिला ब्रम्हास्त्रको प्रयोग गर्छ। लक्ष्मणले प्रणाम गर्छन् र उक्त अस्त्र फर्किन्छ। त्यसपछी महादेवको पाशुपत अस्त्र प्रयोग गर्छन् । त्यो अस्त्र पनि काम लाग्दैन । त्यसपछि उसले नारायणस्त्र रुपि सुदर्शन चक्र प्रहार गर्छ - सुदर्शन चक्रले लक्ष्मणलाइ प्रदक्षिणा गरेर विदा हुन्छ । पापको लागी (नियम विपरित) प्रयोग गरेको हुनाले कुनै पनि देवास्त्रले लखनलाइ छुदैन् ।

आजित भएर मेघनाथ रावण नजिक पुग्छ र रामको शरणमा जानुस् भनेर बिन्ती गर्छ । कामको मोहमा आफ्नो विवेक गुमाएको रावणले आफ्नो पत्नी छोरा ले भनेको रत्तीभर सुन्दैन। मेघनाथले लाखौ बिन्तिलाइ चिर्दै मेघनाथलाइ कायर भन्छ । म त युद्धमा मुछिसकेको छु - आफ्नो योगदान दिन्छु भनेर आफ्नी श्रीमती र माता सग आशिष् लिएर युद्ध मैदानमा पुग्छ । निकै पराक्रमले युद्ध गर्छ । लखनले एउटा वाण मन्त्र फुकेर हान्छन् । उक्त वाणले उसको घाँटी छेदन हुन्छ र मर्छ । सबै देवले पुष्पगुच्छाले पुष्पान्जली अर्पण गर्छन् । सबैले रामको जयजयकार हुन्छ । 

रामले यो खबर थाहा पाउँछन् - खुसी हुन्छन - मेघनाथ विराट योद्धा भएको र उसको शव ससम्मान लंकाको द्वारमा छोडिदिन आग्रह गर्छन् । छोराको काटिएको शिर आमालाइ हेर्न असहज हुन्छ भनेर रामले आफ्नो पछ्यौराले शव ढाकिदिन्छन् । 

मेघनाथ धरासायी भएर मृत्यु भएको खबर लंका दरबारमा फैलिन्छ - रावणले पत्याउदैन् । मन्त्रीगण र माल्यवान मान्यवरले भनेको पनि पत्याउदैन् । मन्दोदरी आफ्नो छोराको मृत्युको खबरले विह्वल भएर मुर्छित हुन्छिन । आफ्नो छोराको - भाइको मृत्युको बदला लिन रावण कवच लगाएर रथमा सवार भएर हिड्छ । 

आरती गर्ने समयमा मन्दोदरीको दियो निभ्छ । उनलाइ अशुभ हुने कुराको भान हुन्छ । रावण युद्दको लागि मैदानमा पुग्छ । उता राम युद्दको लागि तयार हुन्छन् । रामले युद्धमा रावणलाइ परास्त गर्छन् । उनको चन्द्रहास खड्ग पनि काटिन्छ । बेहोस भएपछी सारथीले रावणलाइ युद्ध क्षेत्रबाट पर लान्छन् । रावण फेरि युद्ध गर्न आउँछ । राम बिनारथ र बिना कबच लडिरहेका छन् भने रावणा तेज रथ र कबचसहित लडिरहेको छ। 

स्वर्गबाट रामलाइ ब्रम्हाको अनुरोधमा इन्द्रले आफ्नो तेज रथ पठाउछ्न् । लिन संकोच मानेपनी मातली सारथीले ब्रम्हाको अनुरोधमा आएको र तेज रथ हो । भनेर अनुरोध गरेपछी रामले उक्त रथ प्रयोग गर्छन् । 

उक्त रथमा चढेपछी घामासान युद्ध चल्छ । रावणले मायावी युद्ध गर्छ । रामले आफ्नो बलपूर्वक एउटा वाण प्रहार गर्छन् - शिर काटिन्छ । तर पलाइहाल्छ । रामले निकै पल्ट शिर काट्छन्  तर शिर उत्पन्न भैहाल्छ  । यो देखेर रावण खुसी हुन्छ भने राम दुखी हुन्छन्। राम दुखी भएको देखेर विभिषण आकासमा गएर रामलाइ मुटुमा प्रहार गर्न सल्लाह  दिन्छन् तर 
रामले भन्छन् " रावणको हृदयमा सीता बसेकी छिन् - सीताको हृदयमा म बसेको छु , मेरो हृदयमा पुरै ब्रम्हाण्ड बसेको छ त्यसैले प्रहार गर्न मिल्दैन " 

विभिषणले भने - ब्रम्हाको वरदान स्वरुप  रावणको नाभिमा अमृत छ सोही कारणले उसको शिर फेरि उत्पन्न भैरहन्छ। त्यसपछी रामले नाभिमा अग्नि अस्त्र प्रहार गरेर उसको अमृत सिसिलिन्छन् । रावण आफ्नो युद्धमा भुलिएको बेला सितालाइ नसम्झेको बेला रामले उसलाइ हृदयमा वाण हानेर मारिदिन्छन् । रावणले श्रीराम भन्दै आफ्नो देह त्याग गर्छ र लंकाको युद्धभुमीमा गिर्छ । रावणको मृत्युले रामको विजय हुन्छ । सबै देवले पुष्पगुच्छाले पुष्पान्जली अर्पण गर्छन् । सबैले रामको जयजयकार हुन्छ ।


 लंकाका रावणका हजुरबा माल्यवनले राज्य रामको अधिनमा भएको बताउछन् । रामले विनय भावको साथ बताउछन् मैले जमीनको लागि युद्ध गरेको होइन ।मैले विभिषणलाइ राजा पहिले नै मानिसके भनेर भन्छन् । त्यसपछी मन्दोदरीले आफ्नो पति वियोगको पीडा खप्छिन् । ठूलो समारोहको साथ विभिषणलाई राज्याभिषेक गरेर राम आफ्नो कुटिमा फर्किन्छन् ।

यो घटनाको सबै वृतान्त हनुमानले सीतालाई बताउछन् । खुसीले ओतपोत हुँदै रुदैँ रामको बाटो पर्खेर बसिरहन्छिन् 


यो सबै घटना भैसकेपछि पनि रामले सीता भेट्न जाने कुरा नगरेपछी लक्ष्मणले रामलाई सोध्छन् । किन ढिला गरेको भाउजू लिन जान ? रामले सीतालाई अग्निमा प्रवेश गराएर ल्याउनुपर्छ भनेपछी - लक्ष्मणले रामलाइ अनेक तरहले अपमान गर्दै भाउजुको सत्यता माथी प्रश्न गरेको भनेर दुखी हुन्छन् र रामको कुनै कुरा सुन्न मान्दैनन् । 

सीताको निकै गुणगान गाएर रामले लक्ष्मणलाइ एउटा लुकाएको घटना भन्छन् ।
 ( लुकाएको घटना : लक्ष्मण दाउरा खोज्न जादा दन्डक वनमा , रामले सीतालाइ अब मेरी लिला रच्ने समय आयो म तिमीलाइ अग्नि देवको शरणमा सुरक्षित छोड्न चाहन्छु भन्दा सीताले सहर्ष स्विकार गर्छिन् । अग्नीदेवले सीताको सुरक्षा गर्न पाउनु ठूलो अहोभाग्य भन्दै आग्रह स्विकार गर्छन् । सिताको असली रुप अग्नि देवतालाइ जिम्मा लगाउदै सीताको प्रतिबिम्ब ( छायारुप ) आफूँसग राख्छन् ) 
यो घटना थाहा भएपछी लक्ष्मणले क्षमा माग्छन् । सितालैअ अशोक वाटिकाको वृक्षको फेदबाट लंकामा को भुमीमा ल्याएर अग्निमा पस्न आग्रह गर्छ्न् । सबै देवताले रामको कार्य बहुत अनौठो चरित्रले हेर्छन् ।

अग्नि देवले सीतालाइ रामको शरणमा छोडेर विदा हुन्छन् । त्यसपछी राम लक्ष्मणले सबै बार सेना लाई आज सबैको सहयोग मैले एक असुर र उसको अत्याचार लाई अन्त्य गर सफल भएको र इक्छ्भाकु कुलको मान राख्न सफल भएको बताउछन् । 


धन्यवाद 

No comments:

Post a Comment